BoliBachan

सर्लाहीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके–संग्रामपुर सडक खण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटना फागुन ७ गते साँझ करिब ८ बजेतिर भएको बताइएको छ ।प्रहरीका अनुसार हरीपुरवा नगरपालिका–९ बस्ने करिब ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान रायको उपचारका लागि अस्पताल…

Share and Enjoy !

थप पढौं

स्मृति मंधाना ‘BBC Indian Sportswoman of the Year 2025’ बाट सम्मानित

नयाँ दिल्ली । भारतीय महिला क्रिकेट टोलीकी स्टार ब्याटर स्मृति मंधाना लाई सन् 2025 को “BBC Indian Sportswoman of the Year” पुरस्कार प्रदान गरिएको छ। बीबीसीले हरेक वर्ष खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय महिला खेलाडीलाई यो प्रतिष्ठित सम्मान प्रदान गर्दै आएको छ।मंधानाले सन् 2025 मा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै भारतीय महिला टोलीलाई महत्वपूर्ण…

Share and Enjoy !

थप पढौं

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोसः राष्ट्रपति पौडेल

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुगोस् भन्ने कामना व्यक्त गरेका छन्।राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान तथा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा योगदान पुर्‍याउने सबैप्रति सम्मान प्रकट गरेका छन्। उनले प्रजातन्त्र…

Share and Enjoy !

थप पढौं

जनकपुरको विशाल आमसभाबाट नेपाली कांग्रेसको ‘भिजन १०’ घोषणा

जनकपुरधाम । नेपाली कांग्रेस ले सुशासन र समुन्नतिको दीर्घकालीन मार्गचित्रका रूपमा तयार पारेको ‘भिजन १०’ जनकपुरमा आयोजित विशाल आमसभाको बीच सार्वजनिक गरेको छ। मधेसको ऐतिहासिक नगरी जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका सभापति गगन थापा ले “समुन्नत नेपाल, सम्मानित नेपाली” भन्ने मूल ध्येयसहित दस बुँदे प्रतिज्ञापत्र घोषणा गरेका हुन्। उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि…

Share and Enjoy !

थप पढौं

महाशिवरात्री गहिरो आध्यात्मिक यात्रा

आज महाशिवरात्री केवल हिन्दु धर्मावलम्बीहरूको एक पवित्र पर्व मात्र होइन; यो वैदिक–पुराणिक चिन्तन, तत्त्वदर्शन, सांस्कृतिक परम्परा र मानवीय आत्मसंघर्षको गहिरो प्रतीक हो। शिवसँग सम्बन्धित प्रत्येक आख्यान—समुद्र मन्थनको विषपान, ब्रह्मा–विष्णुको अहंकार भंग गर्न प्रकट भएको अनन्त ज्योतिर्लिङ्ग, शिव–पार्वती विवाह, ताण्डव नृत्य—यी सबै अलग–अलग कथाजस्ता देखिए पनि अन्ततः एउटै दार्शनिक निष्कर्षमा पुग्छन्: अहंकारको विघटन, विषको रूपान्तरण, चेतनाको…

Share and Enjoy !

थप पढौं

स्वास्थ्य बिमा अन्तर्गत एक लाख उपचार सुविधा यथावत् : बोर्ड

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित नागरिकले पाउँदै आएको वार्षिक रु एक लाख बराबरको उपचार सेवा सुविधा घटाइएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ। बोर्डले हालसम्म लागू व्यवस्था यथावत् रहेको जनाउँदै बीमितहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ।बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि वार्षिक रु तीन हजार ५००…

Share and Enjoy !

थप पढौं

शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायता राज्यको दायित्व हुनुपर्छ : उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायताजस्ता आधारभूत सेवा राज्यले पूर्ण जिम्मेवारीका साथ सुनिश्चित गर्नुपर्ने बताएका छन्। बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी अभियानका क्रममा गाउँ–गाउँ पुग्दा सर्वसाधारण यी चार मुख्य समस्याका कारण अत्यन्तै पीडित र आर्थिक रूपमा कमजोर बन्दै गएको निष्कर्षमा पुगेको बताए।यादवले भने,…

Share and Enjoy !

थप पढौं

ट्वान्टी–ट्वान्टी विश्वकप २०२६ : आज तीन खेल, श्रीलंका, भारत र नेपाल मैदानमा

काठमाडौँ । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप २०२६ अन्तर्गत बिहीबार प्रतियोगितामा तीन महत्वपूर्ण खेल हुँदैछन्। आजका खेलमा दुई आयोजक राष्ट्र श्रीलंका र भारतसँगै नेपाल पनि मैदानमा उत्रँदैछ। समूह चरण निर्णायक मोडतर्फ अघि बढिरहेकाले प्रत्येक खेल टोलीका लागि महत्वपूर्ण मानिएको छ।समूह ‘बी’ अन्तर्गत पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा श्रीलंकाले ओमानको सामना गर्नेछ। घरेलु मैदानमा खेल्दै गरेको श्रीलंकाले…

Share and Enjoy !

थप पढौं

विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा जनमत संग्रह र संसदीय निर्वाचन एकैसाथ

ढाका । बंगलादेशमा विद्यार्थी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवर्तन र सुधारको मागबीच बिहीबार पहिलो पटक जनमत संग्रह र संसदीय निर्वाचन एकैसाथ हुँदै छ। देशको शासन प्रणालीमा व्यापक सुधार गर्ने लक्ष्यसहित ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार गर्ने वा नगर्ने निर्णय मतदाताले जनमत संग्रहमार्फत गर्नेछन् भने नयाँ संसद गठनका लागि प्रतिनिधि छनोट गर्न संसदीय निर्वाचन पनि सम्पन्न…

Share and Enjoy !

थप पढौं

निर्वाचनमा आदेश नपर्खी परिचालित हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

पोखरा । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको समयमा सहयोगका लागि छुट्टै आदेश पर्खिरहन नपर्ने स्पष्ट निर्देशन दिएका छन्। गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर निर्वाचन सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।निर्वाचन लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भ भएकाले यसको सुरक्षा व्यवस्थामा कुनै प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्दै महानिरीक्षक अर्यालले…

Share and Enjoy !

थप पढौं

इन्टरपोलको समन्वयमा १० फरार अभियुक्त नेपाल ल्याइए

काठमाडौं । स्वदेशमा गम्भीर प्रकृतिका अपराध गरेर विदेश फरार रहेका १० जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा पक्राउ गरी नेपाल फर्काएको छ। चालु आर्थिक वर्ष २०८२/८३ भित्रै विभिन्न देशमा लुकेर बसेका उनीहरूलाई खोजी गरी स्वदेश ल्याउन प्रहरी सफल भएको हो।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चालु…

Share and Enjoy !

थप पढौं

नेपालले आज टी–२० विश्वकपमा इटलीसँग खेल्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको नेपाल आजको खेल जित्दै प्रतियोगितामा पहिलो अंक जोड्ने लक्ष्यमा छ।…

Share and Enjoy !

थप पढौं