डडेलधुरामा देउवापछि को? चुनावी प्रतिस्पर्धा चर्कियो
डडेलधुरा — सुदूरपश्चिमको डडेलधुरा जिल्लामा यसपटकको निर्वाचन विशेष अर्थमा हेरिएको छ। लामो समयदेखि नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रतिनिधित्व गर्दै आएको यो क्षेत्रबाट उनी स्वयं चुनावी मैदानमा नउत्रिएपछि नयाँ नेतृत्वको खोजी सुरु भएको छ। देउवाको अनुपस्थितिले डडेलधुराको राजनीति नयाँ मोडमा पुगेको छ। देउवाले करिब साढे तीन दशकसम्म निरन्तर संसदमा डडेलधुराको प्रतिनिधित्व गरेका थिए। २०४८…