राजनीतिक कोटाबाट नियुक्त ६ देशका राजदूत फिर्ता बोलाइए
काठमाडौँ, सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार, फिर्ता बोलाइएका राजदूतहरुलाई एक महिनाभित्र स्वदेश फर्किन पत्राचार गरिसकिएको छ।अघिल्लो सरकारले ३४ वटा कूटनीतिक…