play_arrow

नेपाली

च्याटजिपिटीले ल्यायो ‘रियल टाइम’ सर्च इन्जिन फिचर, गुगललाई चुनौती

Boli Bachan December 17, 2024


Background
share close

२ पुस, काठमाडौं। च्याटजिपिटीले गुगलको जस्तै ‘रियल टाइम’ सर्च इन्जिनको सुविधा ल्याएको छ । सोमबार रातीदेखि विश्वभरका सबै प्रयोगकर्ताको लागि यो फिचर उपलब्ध रहेको ओपनएआईले जनाएको छ ।

यसअघि च्याटजिपिटीले सशुल्क रुपमा यो फिचर उपलब्ध गराउँदै आएको थियो। आजबाट भने सबै प्रयोगकर्ताले निःशुल्क रुपमा यसको प्रयोग गर्न पाउनेछन् । यसअघि जहिलेसम्मको डेटा मात्र राखिएको थियो, त्यो बेलासम्मको मात्र जवाफ दिन्थ्यो। अब भने प्रयोगकर्ताले ‘रियल टाइम’ जवाफ पाउनेछन् ।

प्रयोगकर्ताले कुराकानीको शैलीमा यसको जवाफ पाउन सक्छन् । जस्तै, आज नेपालको शीर्ष समाचार के छ भने भनेर सर्च गर्दा मन्त्रिपरिषद्को निर्णय, रास्वपा सभापति रवि लामिछानेको सहकारी मामिला, वायु प्रदूषण, एनपीएल, बीआरआई परियोजनाजस्ता समाचारलाई देखाउँछ ।

च्याट बक्समै सर्च इन्जिनको सुविधा उपलब्ध हुँदा प्रयोगकर्तालाई सजिलो भएको छ । तपाईंले च्याटजीपीटीको एप अपडेट गर्नुभयो अथवा ब्राउजरमा जानुभयो भने च्याटबक्समा इन्टरनेट आइकन देखिन्छ ।

तपाईंको आवश्यकता इन्टरनेट सर्च हो भने सबैभन्दा पहिले उक्त अप्सन इनेबल गर्नुपर्छ । त्यसपछि प्रश्न राख्नुभयो यसले इन्टरनेटबाट सम्बन्धित सामग्री खोजी गर्छ । प्रयोगका लागि एकाउन्ट लगइन पनि गर्नुपर्दैन । मोबाइलबाट एप खोलेर वा डेस्कटपबाट सर्चको अप्सन छनोट गरेर जानकारी माग्न सक्नुहुन्छ ।

गुगलमा जस्तै यसले पनि सम्बन्धित लिंक पनि देखाउँछ । जस्तै, काठमाडौंको अहिलेको तापक्रम कति छ भनेर सर्च गर्नुभयो भने, तपाईंले प्रक्षेपणसहितका लिंक पाउनुहुनेछ । ‘पुष्पा २’को आजसम्मको कलेक्सन कति छ भनेर सोध्दा यसले आजसम्मको विश्वब्यापी कलेक्सन देखाउँछ ।

च्याटजिपिटीले सर्च इन्जिनको सुविधा ल्याएपछि यसले गुगललाई चुनौती दिने दाबी गरिएको छ ।

Rate it
Previous episode
Similar episodes
Post comments (0)

Leave a reply

Your email address will not be published. Required fields are marked *