Category: खबर
-

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु
काठमाडौंस्थित सिंहदरबारमा आज केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा मुख्य रूपमा आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा रणनीति, तयारी अवस्था र समन्वय संयन्त्रबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।बैठकमा चारवटै सुरक्षा निकायका उच्च अधिकारी, सातै प्रदेशका प्रमुख सचिव, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्। केही सहभागीहरू भौतिक रूपमा उपस्थित छन्…
-

प्रजातन्त्र दिवस: नेपालको लोकतन्त्रको यात्रा र ऐतिहासिक महत्व
नेपालको इतिहासमा प्रजातन्त्र दिवस केवल एक सार्वजनिक बिदाको दिन मात्र होइन, यो मुलुकले निरंकुश राजतन्त्रबाट लोकतन्त्रसम्मको संघर्ष र प्राप्ति स्मरण गर्ने ऐतिहासिक अवसर हो। यो दिवस प्रत्येक वर्ष फागुन ७ गते मनाइन्छ, जुन दिन २००७ सालमा (1951 ई.) राणा शासनको अन्त्य र जनताले लोकतन्त्रको पहिलो महत्वपूर्ण उपलब्धि हासिल गरेको दिन हो। राणा शासनको अन्त्य र…
-

सुपर–८ को समीकरण पूरा, टी–२० विश्व कप २०२६ अब निर्णायक चरणमा
आईसीसी पुरुष टी–२० विश्व कप २०२६ अन्तर्गत समूह चरणका खेलहरू सम्पन्न भएसँगै सुपर–८ चरणको समीकरण पूरा भएको छ। अब प्रतियोगिता अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक मोडमा प्रवेश गरेको छ। विश्व क्रिकेटका बलिया टोलीहरूबीच सेमिफाइनल यात्राका लागि कडा प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।यस पटकको प्रतियोगितामा प्रारम्भिक चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै ८ टोलीले सुपर–८ मा स्थान सुरक्षित गरेका…
-

प्रधानमन्त्री कार्कीको आग्रह: “राष्ट्र निर्माणका लागि एकजुट बनौँ”
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७ फागुन, प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीलाई राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन्।प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै २००७ सालको क्रान्तिलाई स्मरण गर्दै २०१५ सालमा पहिलो संसदीय निर्वाचन सुरुआत भएको दिनलाई ‘निर्वाचन दिवस’का रूपमा पनि उल्लेख गरेकी छन्। उनले भनिन् कि…
-

सर्लाहीमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाही सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके–संग्रामपुर सडक खण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटना फागुन ७ गते साँझ करिब ८ बजेतिर भएको बताइएको छ ।प्रहरीका अनुसार हरीपुरवा नगरपालिका–९ बस्ने करिब ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान रायको उपचारका लागि अस्पताल…
-

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोसः राष्ट्रपति पौडेल
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुगोस् भन्ने कामना व्यक्त गरेका छन्।राष्ट्रपतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान तथा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा योगदान पुर्याउने सबैप्रति सम्मान प्रकट गरेका छन्। उनले प्रजातन्त्र…
-

जनकपुरको विशाल आमसभाबाट नेपाली कांग्रेसको ‘भिजन १०’ घोषणा
जनकपुरधाम । नेपाली कांग्रेस ले सुशासन र समुन्नतिको दीर्घकालीन मार्गचित्रका रूपमा तयार पारेको ‘भिजन १०’ जनकपुरमा आयोजित विशाल आमसभाको बीच सार्वजनिक गरेको छ। मधेसको ऐतिहासिक नगरी जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका सभापति गगन थापा ले “समुन्नत नेपाल, सम्मानित नेपाली” भन्ने मूल ध्येयसहित दस बुँदे प्रतिज्ञापत्र घोषणा गरेका हुन्। उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि…
-

महाशिवरात्री गहिरो आध्यात्मिक यात्रा
आज महाशिवरात्री केवल हिन्दु धर्मावलम्बीहरूको एक पवित्र पर्व मात्र होइन; यो वैदिक–पुराणिक चिन्तन, तत्त्वदर्शन, सांस्कृतिक परम्परा र मानवीय आत्मसंघर्षको गहिरो प्रतीक हो। शिवसँग सम्बन्धित प्रत्येक आख्यान—समुद्र मन्थनको विषपान, ब्रह्मा–विष्णुको अहंकार भंग गर्न प्रकट भएको अनन्त ज्योतिर्लिङ्ग, शिव–पार्वती विवाह, ताण्डव नृत्य—यी सबै अलग–अलग कथाजस्ता देखिए पनि अन्ततः एउटै दार्शनिक निष्कर्षमा पुग्छन्: अहंकारको विघटन, विषको रूपान्तरण, चेतनाको…
-

ट्वान्टी–ट्वान्टी विश्वकप २०२६ : आज तीन खेल, श्रीलंका, भारत र नेपाल मैदानमा
काठमाडौँ । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप २०२६ अन्तर्गत बिहीबार प्रतियोगितामा तीन महत्वपूर्ण खेल हुँदैछन्। आजका खेलमा दुई आयोजक राष्ट्र श्रीलंका र भारतसँगै नेपाल पनि मैदानमा उत्रँदैछ। समूह चरण निर्णायक मोडतर्फ अघि बढिरहेकाले प्रत्येक खेल टोलीका लागि महत्वपूर्ण मानिएको छ।समूह ‘बी’ अन्तर्गत पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा श्रीलंकाले ओमानको सामना गर्नेछ। घरेलु मैदानमा खेल्दै गरेको श्रीलंकाले…
-

इन्टरपोलको समन्वयमा १० फरार अभियुक्त नेपाल ल्याइए
काठमाडौं । स्वदेशमा गम्भीर प्रकृतिका अपराध गरेर विदेश फरार रहेका १० जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सँगको समन्वयमा पक्राउ गरी नेपाल फर्काएको छ। चालु आर्थिक वर्ष २०८२/८३ भित्रै विभिन्न देशमा लुकेर बसेका उनीहरूलाई खोजी गरी स्वदेश ल्याउन प्रहरी सफल भएको हो।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार चालु…
-

नेपालले आज टी–२० विश्वकपमा इटलीसँग खेल्दै
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको नेपाल आजको खेल जित्दै प्रतियोगितामा पहिलो अंक जोड्ने लक्ष्यमा छ।…
-

सरकारले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म प्रदेश र स्थानीय सरकारलाई करिब २ खर्ब रुपैयाँ हस्तान्तरण
काठमाडौं, माघ, २७ । संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म प्रदेश र स्थानीय सरकारलाई करिब २ खर्ब रुपैयाँ बराबरको अन्तरसरकारी वित्तीय अनुदान हस्तान्तरण गरेको छ। यस अनुदानको उद्देश्य प्रदेश र स्थानीय तहमा आर्थिक कार्यान्वयनलाई सहज बनाउन, विकास आयोजना सञ्चालन र जनसेवामा ढिलाइ कम गर्नु रहेको छ।अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो…
You May Have Missed














