Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन
गगन थापाले राजीनामा दिनु उपयुक्त छैन : केन्द्रीय सदस्य शाह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार राम पल्टन शाहले पार्टी सभापति गगन कुमार थापाले अहिलेको अवस्थामा राजीनामा दिनु उपयुक्त नहुने बताएका छन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसले सधैं परिवर्तन, लोकतन्त्र र जनअधिकारको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र सुदृढ…

Share and Enjoy !

धरानमा तीन बस जलेर नष्ट

सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका बसहरूमा मंगलबार राति आगलागी हुँदा तीन वटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन बसमा आंशिक क्षति पुगेको छ।मंगलबार राति करिब १० बजे ग्यारेजमा राखिएका बसहरूमा अचानक आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी निरीक्षक जीवन कुँवरको नेतृत्वमा खटिएको…

Share and Enjoy !

बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङका युवक पक्राउ

ताप्लेजुङ प्रहरीले बाँदरलाई अमानवीय तरिकाले यातना दिएको आरोपमा एक युवकमाथि कानुनी कार्रवाई सुरु गरेको छ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार २१ वर्षका छुप्पु हेम्वया पाथीभरा याङवरक–२ थेचम्बु बस्ने क्रममा सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पक्राउ गरिएको हो।भाइरल भिडियोमा खेतको बाली रक्षा गर्न बनाएको पासोमा परेका बाँदरलाई थुनेर, कुकुरले टोक्ने व्यवस्था गरी क्रूर रूपमा यातना…

Share and Enjoy !

दाउन्नेमा भारतीय कन्टेनरको ठक्कर, ९ जना घाइते

नवलपरासी ।नवलपरासीको दाउन्ने क्षेत्रमा भारतीय नम्बर प्लेटको कन्टेनरले चार वटा सवारीसाधनलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। दुर्घटना पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा भएको हो।प्रहरीका अनुसार तीव्र गतिमा आएको कन्टेनरले सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई एकपछि अर्को गर्दै ठक्कर दिएको थियो। ठक्करका कारण चार वटा सवारीसाधन क्षतिग्रस्त भएका छन् भने यात्रुहरू घाइते भएका हुन्।घाइतेहरूलाई उद्धार…

Share and Enjoy !

सबैलामा स्वास्थ्य आमा समूह गठन, बालिका संरक्षण र मातृस्वास्थ्यमा जोड

जनकपुरधाम । सशक्त बालिका परियोजनाअन्तर्गत सबैला नगरपालिकाका चार वडामा स्वास्थ्य आमा समूह गठन सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले सञ्चालन गरिरहेको ‘सशक्त बालिका परियोजना’ले प्रारम्भिक बाल विकास र बालिका संरक्षणका विषयमा केन्द्रित रहेर काम गर्दै आएको छ।परियोजना अन्तर्गत सबैला नगरपालिका वडा नं. ९, १०, ११ र १३ मा विगत एक…

Share and Enjoy !

धनकुटा बजार नजिकैको आठपहरिया वस्ती विकासबाट अझै वञ्चित

धनकुटा । धनकुटा बजारको छेउमै रहेको आठपहरिया वस्ती विकासका आधारभूत पूर्वाधारबाट अझै टाढा रहेको स्थानीयले बताएका छन्। मुलुकभरमै सीमित क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक आठपहरिया समुदायको मुख्य थातथलोमा सहज पहुँचको बाटोसमेत नभएको उनीहरूको गुनासो छ।विशेषगरी धनकुटा नगरपालिका–८ अन्तर्गत पर्ने सान्ताङ, याक्ते, टेकुनाला र खाम्बेला जस्ता गाउँमा खानेपानी, सिँचाइ तथा सडकजस्ता अत्यावश्यक पूर्वाधारको अभाव रहेको स्थानीयले बताएका…

Share and Enjoy !

गाैरमा तोडफोड र आगजनीमा संलग्न २२ जनाविरुद्ध मुद्दा दर्ता

रौतहट । गौर नगरपालिकाको सवगढा क्षेत्रमा भएको झडपपछि तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध आपराधिक उपद्रो तथा आगजनीको कसुरमा मुद्दा दर्ता गरेको छ।घटनाक्रमअनुसार, विवादका क्रममा भएको झडपपछि केही सवारीसाधनमा आगजनी र घरमा तोडफोड गरिएको थियो। घटनापछि प्रहरीले शनिबार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये केहीमाथि थप अनुसन्धानका लागि म्याद थप गरिएको…

Share and Enjoy !

हरेक चुनावमा दोहोरिने मुद्दा : निकुञ्ज ऐन संशोधनको बहस

चितवन । राष्ट्रिय निकुञ्ज क्षेत्रसँग सम्बन्धित मुद्दा फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाले लामो समयदेखि उठाउँदै आएको सडक विस्तार, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र ऐन संशोधनको माग यसपटक पनि चुनावी एजेन्डामा समावेश भएको छ।स्थानीय तहका जनप्रतिनिधि तथा उम्मेदवारहरूले निकुञ्ज क्षेत्रभित्र पर्ने सडक खण्डको व्यवस्थापन र विकास निर्माणका कामलाई सहज बनाउन…

Share and Enjoy !

बस दुर्घटनापछि तनहुँ शोकमा, पाँच जनाको मृत्यु

तनहुँ । — पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएपछि जिल्लाभर शोक छाएको छ।सोमबार बिहान करिब १:३० बजे धादिङ को बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा ग २ ख १४२१ नम्बरको बस सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि स्थानीय तहहरू स्तब्ध बनेका छन्।मृतकहरूमा संखुवासभा–७ निवासी…

Share and Enjoy !

सप्तरीमा खुद्रा तथा थोक मदिरा पसल साँझ ७ बजे बन्द गरिने

जिल्ला सुरक्षा समितिले आगामी निर्वाचनलाई शान्त, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभरका खुद्रा तथा थोक मदिरा पसलहरू साँझ ७ बजेभित्र बन्द गर्न निर्देशन दिएको छ।निर्णयअनुसार मदिरा बिक्री–वितरण गर्ने सबै पसलहरूले साँझ ७ बजेपछि सटर बन्द गर्नुपर्नेछ। होटल तथा रेस्टुरेन्टमा मदिरा सेवनको अनुमति पनि अधिकतम साँझ ८ बजेसम्म मात्र रहनेछ। सुरक्षा समितिले इजाजतबिना सञ्चालन…

Share and Enjoy !

बालबालिका खोज तलास केन्द्र प्रदेश कार्यालय सञ्चालनका लागि समाजले गरे सामग्री वितरण

जनकपुरधाम, माघ २६ । भदौ महिनामा भएको आन्दोलनका क्रममा विभिन्न सरकारी निकायमा आगजनी र क्षति पुगेको थियो। यस क्रममा हिंसा, दुरव्यवहार र विशेष गरी वेपत्ता बालबालिकाको खोजतलासका लागि रहेको जनकपुरको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। बन्द रहेको यस कार्यालयलाई पुनः सुचारु गर्न आवश्यक देखिएपछि जानकी महिला जागरण समाज,…

Share and Enjoy !

ठेकेदारको लापरबाहीले काममा ढिलाइ सिरहाको सहजा खोलामा फेरि कार दुर्घटना

जनकपुरधाम, माघ२६ । सिरहाको सहजा खोलामा फेरि कार दुर्घटना भएको छ। गत राति मध्यराततिर सिरहाको औरही गाउँपालिका–५ स्थित सहजा खोलामा एक कार अनियन्त्रित रूपमा खोलामा खसेको छ। दुर्घटना बीएबी ७८२१ नम्बरको कारमा भएको थियो। कार राजबिराजबाट जनकपुरतर्फ जाँदै थियो। चालक र तीन जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप…

Share and Enjoy !

Speak Any text