Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
कमला नदीमा अस्थायी डाइभर्सन, गाडी आवतजावत सुरु

कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएपछि सिरहा र धनुषा जोड्ने सवारी आवागमन सहज भएको छ। हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त नदीमा पुल निर्माण लामो समयदेखि अलपत्र परेपछि स्थानीय बासिन्दाले वर्षौंदेखि कठिनाइ भोग्दै आएका थिए। अस्थायी डाइभर्सन सञ्चालनमा आएपछि ठूला–साना सबै प्रकारका सवारी साधन चल्न थालेका छन्। यसअघि बाढीका कारण अस्थायी बाटो भासिँदा स्थानीयले जोखिम मोलेर यात्रा…

Share and Enjoy !

कृषि मन्त्रालय माँग्यो, स्थानीय तहको कर्मचारी विवरण

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरूको विस्तृत विवरण माग गरेको छ। मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई तोकिएको समयसीमाभित्र आवश्यक विवरण पठाउन निर्देशन दिएको हो।मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले जारी गरेको सूचनाअनुसार स्थानीय तहमा कार्यरत प्राविधिकहरूको वास्तविक अवस्था पहिचान गरी आगामी…

Share and Enjoy !

रौटहट प्रकरण कारमा उम्मेदवार थिएन चालकमाथि ज्यान मुद्दा

रौतहटको ईशनाथ नगरपालिका–३ मा भएको सवारी दुर्घटनामा चार वर्षीया बालिकाको मृत्यु भएपछि प्रहरीले घटनाबारे स्पष्ट पारेको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न सवारी साधनमा कुनै पनि राजनीतिक दलको उम्मेदवार सवार थिएनन् भने कार चालकविरुद्ध ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। घटना बिहीबार दिउँसो भएको हो। सडक पार गर्दै गरेकी चार वर्षीया बालिकालाई एक कारले ठक्कर दिएको…

Share and Enjoy !

कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने

काठमाडौं —नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण केही भूभागमा मौसममा परिवर्तन आएको छ। मौसम पूर्वानुमान अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।आज दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहने अनुमान गरिएको छ। तर कोशी र गण्डकी प्रदेशका हिमाली…

Share and Enjoy !

नेपाल टेलिकम ५G मा मौन: सेवा कहिले सुरु होला?

काठमाडौं — देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम ५G सेवा सम्बन्धमा अझै स्पष्टता नदिई मौन व्यवहार गरिरहेको छ, जसले उपभोक्ता र सूचना–प्रविधि क्षेत्रमा चासो र असन्तुष्टि बढाएको छ।५G सेवा विश्वभर छिटो विस्तार भइरहेको छ — धेरै देशहरूले यसलाई व्यावसायिक रूपमा लागू गरिसकेका छन् — तर नेपालमा यसको व्यावसायिक सार्वजनिक सुरुआत कहाँ र कहिले हुनेछ भन्ने विषयमा कुनै…

Share and Enjoy !

अलउला: साउदी अरबको रेगिस्तानी मोती र सांस्कृतिक सम्पदाको केन्द्र

साउदी अरबको उत्तरपश्चिम क्षेत्रमा अवस्थित प्राचीन शहर अलउला आज विश्वभरका सांस्कृतिक र पर्यटन विशेषज्ञहरूको ध्यानाकर्षणको केन्द्र बन्दै गएको छ। प्राचीन हेग्रा शहर र वरिपरिका पुरातात्विक स्थलहरूले यहाँको इतिहास र मानव सभ्यताको विविध आयामलाई उजागर गर्छन्। अलउला केवल प्राचीन संरचनाहरूको संग्रहस्थल मात्र नभई, ऐतिहासिक व्यापारिक मार्गहरूको केन्द्र पनि रहँदै आएको छ, जसले अतीतमा विभिन्न सभ्यताहरूको सम्पर्क…

Share and Enjoy !

आयातित सामान ढुवानीमा ढिलाइ — व्यवसायी संघद्वारा सुधारको माग

काठमाडौँ – नेपालमा विदेशी मुलुकबाट आयात हुने सामानको ढुवानीमा अत्यधिक ढिलाइ भएको भन्दै निजी व्यवसायी संघले औद्योगिक तथा वाणिज्य सचिवलाई प्रमुख पहल गर्न आग्रह गरेको छ।नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिहरूले कोलकाता र विशाखापट्नम बन्दरगाहबाट भारतीय भूमिबाट भन्सारसम्म सामान पुर्‍याउन सामान्यतः लाग्ने १ हप्ताभन्दा बढी—बढीमा ३५ दिनसम्म समय लागिरहेको बताए। यसले व्यवसायीहरूको व्यापार लागत बढाएको र…

Share and Enjoy !

६ महिनामा ३३३ विदेशी नागरिक निष्कासित — ओभरस्टे, गैरकानुनी गतिविधि र धर्म प्रचारसम्म

काठमाडौँ — पछिल्लो छ महिनामा नेपालबाट ३३३ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। उनीहरूलाई विभागीय नियम तथा भिसा शर्त उल्लंघन गरेको, गैरकानुनी गतिविधि र धर्म प्रचारमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएर जरिवाना लगाएर देश फर्काइएको हो।समयसीमाको हिसाबमा साउन २०८२ देखि पुस मसान्तसम्मको अवधिमा यी निष्कासन कार्यवाहीहरू भएको बताइएको छ। पक्राउपछिको कारबाहीमा कतिपयलाई थप अनुसन्धानका लागि…

Share and Enjoy !

टक्सारको परम्परागत धातु उद्योग संकटमा

भोजपुर, नेपाल — भोजपुरको ऐतिहासिक टक्सार बजारमा परम्परागत धातु उद्योग गम्भीर संकटमा छ। दशलवियाँदेखिको यो उद्योग, जसले कांस, तामा र पित्तलजस्ता धातुका भाँडाकुँडा तथा अन्य सामग्री निर्माण गरी देशभरि आपूर्ति गर्दै आएको थियो, अहिले अस्तित्व संकटमा पुगेको छ।स्थानीय व्यवसायी विनोद ताम्राकारका अनुसार, उद्योगको सबैभन्दा ठूलो समस्या कोइला (चारकोल) को अभाव हो। धातु पगाल्न र प्रक्रिया…

Share and Enjoy !

जलेश्वरमा १२ अर्बमा पाँचतारे होटल निर्माण हुने

जलेश्वर, महोत्तरी — जलेश्वरस्थित प्रकौली क्षेत्रमा रु १२ अर्ब लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ। सत्या समूहको लगानीमा बन्ने यो होटलले ७५ वटा लक्जरी कोठा, क्यासिनो, विवाह तथा सम्मेलन हल र प्रिमियम क्लब सहितको सुविधा प्रदान गर्नेछ।परियोजना अनुसार होटल निर्माणपछि २०० भन्दा बढी स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाउनेछन्। होटल २२ कट्ठा जग्गामा निर्माण हुने…

Share and Enjoy !

इस्लामाबादमा भएको बम विस्फोटमा ३१ भन्दा बढीको मृत्यु, १६० भन्दा बढी घाइते

इस्लामाबादको तरलाई क्षेत्रमा खदीजा उल‑कुब्रा इमामबाड़ा मा शुक्रबार जुमेको नमाजको समयमा शक्तिशाली आत्मघाती बम धमाका भएको छ। स्थानीय अधिकारी र प्रहरीका अनुसार धमाकामा कमसेकम ३१ जनाको मृत्यु भएको र १६० भन्दा बढी मानिसहरू घाइते भएका छन्। धमाका प्रायः नमाज सुरु भइसकेको बेलामा मस्जिद भित्र वा प्रवेशद्वार नजिकै भएको थियो। प्रहरीले घाइतेहरूलाई तुरुन्तै अस्पतालहरूमा लगेको जनाएको…

Share and Enjoy !

भारत र ईयू बीच भएको मुक्त व्यापार सम्झौताले अमेरिकामा चासो र चिन्ता

भारत र युरोपेली संघ (EU) बीच भएको मुक्त व्यापार सम्झौताले अमेरिकामा चासो र चिन्ता दुवै बढाएको छ। लामो समयदेखि चल्दै आएको वार्तापछि हालै सम्पन्न यस सम्झौताले विश्व व्यापारको सन्तुलनमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।भारत र EU बीचको यो सम्झौता करिब दुई दशक लामो छलफलपछि निष्कर्षमा पुगेको हो। सम्झौताले दुवै पक्षबीच वस्तु र सेवाको व्यापारलाई…

Share and Enjoy !

Speak Any text