Category: खबर
-

जनकपुरमा बीबीसी डकुमेन्ट्री देखाएको आरोपमा रास्वपाका कार्यकर्ता सहित गाडी नियन्त्रणमा
जनकपुरधाम । प्रहरीका अनुसार सार्वजनिक स्थानमा संवेदनशील सामग्री प्रदर्शन गरिएको सूचना पाएपछि टोली खटिएको थियो। सो क्रममा गाडीसहित उनलाई नियन्त्रणमा लिइएको र अन्य दुईवटा गाडी भने घटनास्थलबाट फरार भएको बताइएको छ।प्रहरीले उक्त गतिविधिले सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पार्न सक्ने देखिएको भन्दै अनुसन्धान अघि बढाइएको जनाएको छ। पक्राउ परेका व्यक्तिले भने कार्यक्रम शैक्षिक उद्देश्यले आयोजना…
-

निराधार आरोपबारे थपलियाको खण्डन: आवश्यक परे अडियोको फोरेन्सिक परीक्षण गराउने
काठमाडौँ ।रातोपाटी अनलाइनमा प्रकाशित समाचारप्रति दिनेशचन्द्र थपलिया ले गम्भीर ध्यानाकर्षण जनाउँदै आरोपहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित रहेको बताएका छन्।थपलियाले जारी गरेको प्रेस विज्ञप्तिमा आफू डा. शेखर कोइराला का स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भई पार्टी सभापति गगनकुमार थापा लाई निर्वाचनमा हराउन षड्यन्त्र गरेको भन्ने आरोप निराधार भएको स्पष्ट पारेका छन्। उनले जिम्मेवार…
-

केन्द्रीय सुरक्षा समितिको बैठक जारी, निर्वाचन सुरक्षा केन्द्रित छलफल
काठमाडौं । —गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ। बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको बताइएको छ।केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको सहभागिता रहेको छ।बैठकमा देशका विभिन्न भागमा देखिएका पछिल्ला गतिविधि, समग्र सुरक्षा अवस्था तथा निर्वाचनसँग सम्बन्धित सम्भावित चुनौतीका…
-

उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट नियुक्त
काठमाडौं सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट लाई नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उक्त पदमा तोकेको हो।डा. भट्टले एक दशकभन्दा बढी समय न्याय सेवाअन्तर्गत सरकारी वकिलका रूपमा काम गरेको अनुभव राख्नुहुन्छ। कानुनी क्षेत्रको लामो अनुभव र विशेषज्ञताका आधारमा उहाँलाई उपभोक्ता अदालतको नेतृत्व जिम्मेवारी दिइएको जनाइएको छ।उहाँले त्रिभुवन…
-

निर्वाचनको लागि तीन दिन विदा
काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।निर्वाचनको दिन मतदातालाई सहज रूपमा मतदान केन्द्रमा पुग्न र कर्मचारी तथा सुरक्षाकर्मीलाई आवश्यक व्यवस्थापन गर्न सुविधा मिलोस् भन्ने उद्देश्यले बिदा घोषणा…
-

सबैलामा स्वास्थ्य आमा समूह गठन, बालिका संरक्षण र मातृस्वास्थ्यमा जोड
जनकपुरधाम । सशक्त बालिका परियोजनाअन्तर्गत सबैला नगरपालिकाका चार वडामा स्वास्थ्य आमा समूह गठन सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले सञ्चालन गरिरहेको ‘सशक्त बालिका परियोजना’ले प्रारम्भिक बाल विकास र बालिका संरक्षणका विषयमा केन्द्रित रहेर काम गर्दै आएको छ।परियोजना अन्तर्गत सबैला नगरपालिका वडा नं. ९, १०, ११ र १३ मा विगत एक…
-

निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्न आयोगले गराए गइ पुनःस्मरण
काठमाडौं — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता लाग्ने व्यक्ति, समूह तथा संस्थाहरूलाई पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटनाहरू सार्वजनिक हुनुका साथै उल्लेख्य संख्यामा उजुरी दर्ता भएपछि आयोगले सबै सरोकारवालालाई सचेत गराएको हो।प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुने तय भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिताको…
-

प्रधानमन्त्री कार्कीद्वारा लुम्बिनीका सुरक्षा अधिकारीलाई निर्वाचन तयारी कडा बनाउन निर्देशन
बुटवल । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ।शुक्रबार साँझ बुटवल पुग्नुभएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशमा आयोजित सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै निर्वाचनलाई सरकारको प्रमुख कार्यादेशका रूपमा लिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले…
-

तीन दिनको विदाको सिफारिस : निर्वाचनमा सात दिन लगातार सार्वजनिक विदा हुन सक्ने
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारसँग सार्वजनिक विदा घोषणा गर्न सिफारिस गरेको छ। आयोगले मतदानको दिनसहित अघिपछि केही दिन सार्वजनिक विदा दिन प्रस्ताव गरेको हो।आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले मतदाताको व्यापक सहभागिता सुनिश्चित गर्न यस्तो सिफारिस गरिएको जानकारी दिएका छन्। आयोगले फागुन २० देखि २३ गतेसम्म सार्वजनिक विदा दिन सुझाव दिएको…
-

रौतहटमा सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय
गौर । गौरमा दुई समुदायबीच उत्पन्न तनावपछि सम्पन्न सर्वदलीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। बैठक प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आह्वानमा बसेको थियो।बैठकले आगामी सोमबार बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सद्भाव र्याली निकाल्ने निर्णय गरेको जनाएको छ। हालै गौर नगरपालिका–६स्थित सबगढा क्षेत्रमा सुरु भएको…
-

गौरमा उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक
गौरमा उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा आइतबार सर्वपक्षीय बैठक बसेको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा नागरिक समाजका अगुवाहरू सहभागी भएका छन्।जिल्ला प्रशासनका अनुसार पछिल्ला दिनमा बढेको विवाद र झडपपछि शान्ति–सुरक्षा अवस्था सामान्य बनाउने उद्देश्यले बैठक आह्वान गरिएको हो। प्रमुख जिल्ला अधिकारीले सबै पक्षलाई संयमता अपनाउन…
-

विराटनगर चक्रपथ निर्माणको प्रतिबद्धता : डा. कोइराला
विराटनगर । शेखर कोइराला ले मोरङ क्षेत्र नं. ६ मा सुकुम्बासी व्यवस्थापनदेखि पूर्वाधार विकाससम्मका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी अभियानका क्रममा विराटनगर–६ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका बासिन्दालाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिलाउने कार्यलाई अघि बढाउने बताए।उनले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायसँग छलफल…
You May Have Missed














