महोत्तरीमा समस्यै समस्या, उम्मेदवारहरूको आफ्नै ताल, स्थानीय निराश
जनकपुरधाम — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका स्थानीय बासिन्दा र किसान अनेक समस्याले ग्रस्त देखिएका छन्। एकातिर केही स्थानमा खेत डुबानको समस्याले उत्पादनमा क्षति पुगेको छ भने अर्कोतिर सिँचाइको अभावले बाली सुक्ने अवस्था सिर्जना भएको छ।स्थानीय किसानहरूका अनुसार गहुँ, धानलगायतका बालीमा पर्याप्त पानी नपुग्दा उत्पादन घट्ने जोखिम बढेको छ। कतिपय स्थानमा नहर, कुलो, बोरिङ…