निर्वाचनमा आदेश नपर्खी परिचालित हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
पोखरा । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको समयमा सहयोगका लागि छुट्टै आदेश पर्खिरहन नपर्ने स्पष्ट निर्देशन दिएका छन्। गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर निर्वाचन सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।निर्वाचन लोकतान्त्रिक व्यवस्थाको आधारस्तम्भ भएकाले यसको सुरक्षा व्यवस्थामा कुनै प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्दै महानिरीक्षक अर्यालले…