तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश
काठमाडौं – विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा मुछिएका तीन पूर्वसचिवसहित पाँच जनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै धरौटी नलिई नियमित उपस्थित हुने शर्तमा रिहा गर्ने आदेश दिएको हो।रिहा हुनेमा पूर्वसचिव मधुकुमार…