Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.

शपथग्रहण र संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा, आज शपथ ग्रहण हुने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको शपथग्रहण र संसद् बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारभित्र बनेको संसद् भवनमा बैठकका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम सकिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान सम्पन्न भएको थियो । प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फका नतिजासमेत सार्वजनिक गरी निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिसकेको छ ।
प्रतिनिधि सभा सदस्यमध्ये ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले बुधबार रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गर्नुहुने छ । केसी नेपाली कांग्रेसका समानुपातिकतर्फबाट निर्वाचित सदस्य हुनुहुन्छ ।
ज्येष्ठ सदस्यका रूपमा केसीले शपथग्रहण गरेपछि बिहीबार अन्य २७४ जना सदस्यलाई पनि केसीले नै शपथग्रहण गराउनुहुने कार्यक्रम छ । केसीले शीतल निवासमा राष्ट्रपति समक्ष शपथग्रहण गर्नुहुने छ भने अन्य सदस्यलाई संसद् भवनमै शपथग्रहण गराइनेछ ।
तत्काल संसद् बैठकका लागि निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सोही भवनभित्र बनेको बहुउद्देश्यीय हल प्रयोग गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शपथग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको हो । मुख्य हल तयार हुन केही समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

जनताको भावना अनुरूप राष्ट्रिय सभामा सक्रिय हुने काग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको…
धनुषा ३ र ४ मा कांग्रेस अग्रस्थानमा, दुवै क्षेत्रमा एमाले र रास्वपासंग कडा प्रतिस्पर्धा
राजेश कुमार कर्ण जनकपुरधाम ।प्रतिनिधिसभा निर्वाचन हुन अब सात दिन मात्र बाँकी रहँदा धनुषा जिल्लामा…
देउवा पक्षका केही नेताले नैतिकताको प्रश्न, निर्वाचनमा असहयोग गरेको आरोप
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा हात परेपछि कांग्रेस सभापति गगन थापामाथि पूर्वसभापति शेरबहादुर देउवा…
Speak Any text