Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

जनताको भावना अनुरूप राष्ट्रिय सभामा सक्रिय हुने काग्रेसको निर्णय

काठमाडौँ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ। कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो।
कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो। मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल गर्दै बैठकले आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिएका छन् ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text