Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

सोमबार दिउँसो पार्टी संसदीय दलको नेता चयन हुने

काठमाडौं, वैशाख १३ गते । नेपाली कांग्रेस सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइलीले सोमबार दिउँसो १ बजेसम्म पार्टी संसदीय दलको नेता चयन भइसक्ने बताएका छन्।
उनका अनुसार संसदीय दल नेताको चयनका लागि हाल उपसभापति विश्व प्रकाश शर्माको संयोजकत्वमा सहमति जुटाउने छलफल जारी छ।
सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। उक्त बैठकपछि संसदीय दल नेताको चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइने जनाइएको छ।
निर्वाचन समिति संयोजक रसाइलीका अनुसार सभापतिले कार्यदलको सुझावका आधारमा संसदीय दल नेताको नाम प्रस्ताव गर्ने तयारी छ। त्यसपछि पार्टी विधानअनुसार दिउँसो १ बजे निर्वाचन समितिबाट औपचारिक चयन गरिनेछ।
कांग्रेसमा हाल ३८ जना सांसद रहेका छन्। संसदीय दल नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, बासना थापा र निश्कल राईलगायत आकांक्षी देखिएका छन्।
पार्टीभित्र सकेसम्म सर्वसम्मतिबाट नेता चयन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text