Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

इरानद्वारा युद्ध अन्त्य गर्न शान्ति प्रस्ताव, पाकिस्तानमार्फत पहल

काठमाडौं — इरानले अमेरिका र इजरायलसँग जारी तनाव र युद्धलाई ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित शान्ति प्रस्ताव अघि सारेको छ ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तान मार्फत पठाइएको हो। यसअघि अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावलाई करिब दुई सातासम्म गहिरो समीक्षा गरेपछि इरानी नेतृत्वले नयाँ शान्ति पहल अघि बढाएको बीबीसीले जनाएको छ।

यसबीच डोनाल्ड ट्रम्पले इरानलाई महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला गर्न मंगलबारसम्मको समयसीमा दिएका थिए। उक्त मार्ग खुला नभए इरानका विद्युत् केन्द्र तथा पुलहरूमा आक्रमण गर्ने चेतावनी पनि उनले दिएका थिए।

म्याद सकिनुभन्दा एक दिनअघि इरानले युद्ध अन्त्य गर्ने सन्देशसहित शान्ति प्रस्ताव अघि सारेको हो। यस घटनाक्रमलाई मध्यपूर्वको तनाव कम गर्ने सम्भावित कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text