Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

भारतको “चिकन नेक” क्षेत्रमा भूमिगत रेल सुरंग योजना

काठमाडौं ।

भारतले आफ्नो पूर्वी–उत्तर क्षेत्रलाई देशको मुख्य भूभागसँग जोड्ने साँघुरो गलियारा, जसलाई प्रायः “चिकन नेक” वा सिलीगुड़ी क्यारिडोर भनिन्छ, भूमिगत रेल सुरंग बनाउने योजनामा अघि बढाएको छ।
योजनाअनुसार, पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाको तीन माइल हाटदेखि सिलीगुड़ीबाट करिब ११ किलोमिटर टाढा पर्ने रांगापानीसम्म करिब ३६ किलोमिटर लामो सुरंग बनाइने छ, जसमा रेलको पटरि बिछ्याइने छ। यसले पूर्व–उत्तर भारतको रेल कनेक्टिविटी र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।


पूर्वोत्तर सीमांत रेलवेका प्रवक्ता कपिंजल किशोर शर्माका अनुसार परियोजनाको ड्राफ्ट तयार भइसकेको छ, तर अहिलेसम्म यसलाई अन्तिम अनुमोदन प्राप्त भएको छैन। यसैगरी, भारत सरकारले असममा ब्रह्मपुत्र नदीमुनि लामो सुरंग बनाउने योजना पनि अनुमोदन गरेको छ, जसले पूर्व–उत्तर र देशका अन्य भागबीचको यातायातलाई अझ सहज बनाउनेछ।
विशेषज्ञहरूको अनुसार, यो परियोजना रणनीतिक दृष्टिले मात्र होइन, पूर्व–उत्तर क्षेत्रको आर्थिक र सामरिक विकासमा पनि महत्वपूर्ण योगदान हुनेछ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text