Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको जोखिम


काठमाडौं — इन्डोनेसिया को मोलुका टापु नजिकै आज बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको भूकम्पले इन्डोनेसियासहित आसपासका देशहरूमा सुनामीको जोखिम बढाएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण का अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो।
सुरुमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गर्दै ७.४ कायम गरिएको छ। भूकम्प लगत्तै सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन र सम्भावित सुनामी जोखिमबारे सचेत रहन आग्रह गरेका छन्।
हालसम्म मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। अधिकारीहरूले समुद्री तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अनुरोध गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text