Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
वैदेशिक अनुदान अब स्थानीय तहसम्म सिधै पुग्ने, ‘डिजिटल प्लेटफर्म’ बाट निगरानी हुने व्यवस्था

काठमाडौं । सरकारले अब वैदेशिक अनुदान तथा जलवायु सम्बन्धी वित्तीय सहायता सरल, व्यवस्थित र पारदर्शी रूपमा खर्च तथा अनुगमन गर्न नयाँ डिजिटल व्यवस्था लागू गरेको छ। अर्थ मन्त्रालयले “डिजिटल प्लेटफर्म” सञ्चालन गर्ने निर्णय गरेको छ, जस मार्फत अनुदानको प्रवाह, बजेट र प्रगति विवरण सबैले हेर्न पाउनेछन्। यस नयाँ कार्यविधि अनुसार: जलवायु कोषबाट प्राप्त हुने रकम…

Share and Enjoy !

गुगलका सीईओ सुन्दर पिचाईको तलबमा ठूलो वृद्धि, एक वर्षमा २० खरबभन्दा बढी

अमेरिकी प्रविधि कम्पनी Google तथा यसको मातृ कम्पनी Alphabet Inc. ले आफ्नो प्रमुख कार्यकारी अधिकृत Sundar Pichai को पारिश्रमिकमा उल्लेखनीय वृद्धि गरेको छ। नयाँ सम्झौताअनुसार पिचाईले आगामी तीन वर्षमा अधिकतम ६९२ मिलियन अमेरिकी डलरसम्म पारिश्रमिक पाउन सक्नेछन्, जसको नेपाली रुपैयाँमा मूल्य करिब ६३ खर्बभन्दा बढी हुने अनुमान गरिएको छ।कम्पनीले उपलब्ध गराएको जानकारीअनुसार पिचाईको पारिश्रमिकको ठूलो…

Share and Enjoy !

सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पले अमेरिकामा आयात हुने सामानमा १५ प्रतिशतको नयाँ विश्वव्यापी कर

अमेरिकी सर्वोच्च अदालतले सन् २०२५ मा राष्ट्रपति Donald Trump ले लगाएका ट्यारिफहरू गैरकानुनी ठहर गरेको छ। अदालतको उक्त निर्णयपछि एसियामा अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरूमा पुनः अनिश्चितता बढेको छ।गत शुक्रबार सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पले अमेरिकामा आयात हुने सामानमा १५ प्रतिशतको नयाँ विश्वव्यापी कर (लेभी) लगाउने घोषणा गरेका छन्। यस कदमले अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा थप तरंग…

Share and Enjoy !

आर्थिक सहयोगबाट विद्यालय ऋणमुक्त

म्याग्दी, १२ फागुन । म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कस्थित ज्योति मण्डल माध्यमिक विद्यालय दाताहरूको आर्थिक सहयोगबाट ऋणमुक्त भएको छ। विद्यालयले निजी स्रोतबाट माध्यमिक तह सञ्चालन, जग्गा खरिद तथा भवनलगायत पूर्वाधार निर्माणका लागि लिएको ऋण पूर्ण रूपमा चुक्ता गरिएको हो।विद्यालय व्यवस्थापनका अनुसार आवश्यक पूर्वाधार विस्तार र शैक्षिक गुणस्तर सुधारका लागि पर्याप्त सरकारी स्रोत नहुँदा सहकारीमार्फत ऋण लिनु…

Share and Enjoy !

स्वास्थ्य बिमा अन्तर्गत एक लाख उपचार सुविधा यथावत् : बोर्ड

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित नागरिकले पाउँदै आएको वार्षिक रु एक लाख बराबरको उपचार सेवा सुविधा घटाइएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ। बोर्डले हालसम्म लागू व्यवस्था यथावत् रहेको जनाउँदै बीमितहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ।बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि वार्षिक रु तीन हजार ५००…

Share and Enjoy !

विश्व बैंकले नेपालका लागि साढे ६ अर्ब रुपैयाँ बराबरको डिजिटल रूपान्तरण परियोजना स्वीकृत

काठमाडौं, २७ माघ २०८२ विश्व बैंकले नेपालका लागि करिब ५ करोड अमेरिकी डलर (साढे ६ अर्ब रुपैयाँ) बराबरको डिजिटल रूपान्तरण परियोजना स्वीकृत गरेको छ। परियोजना विश्व बैंक र एसियाली विकास बैंकको संयुक्त सहवित्तीय व्यवस्थामा सञ्चालन हुनेछ। परियोजनाले नेपालको डिजिटल संरचना सुधार्ने, सरकारी सेवा प्रणालीलाई प्रविधि आधारित बनाउन र नागरिक सेवाहरूमा सहजता ल्याउने उद्देश्य राखेको छ।परियोजनाको…

Share and Enjoy !

एमसीसी परियोजनामा ११ करोड अमेरिकी डलर खर्च

काठमाडौं , माघ २६ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका विकास परियोजनामा अहिलेसम्म करिब ११ करोड अमेरिकी डलर रकम परिचालन भएको छ, जसमा एमसीसीद्वारा ८ करोड ९० हजार डलर र नेपाल सरकारद्वारा २ करोड ६६ लाख डलर योगदान रहेको छ।एमसीसीका परियोजनाहरू विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण र सडक मर्मत लगायत पूर्वाधार क्षेत्रमा…

Share and Enjoy !

भारत र अमेरिका बीच अन्तरिम व्यापार समझौता (Interim Trade Framework) मा भयो- सहमति

भारत र अमेरिका बीच अन्तरिम व्यापार समझौता (Interim Trade Framework) मा सहमति भएको छ। यो समझौता द्विपक्षीय व्यापार सम्बन्धलाई थप सुदृढ गर्ने पहिलो कदमको रुपमा लिइएको छ। अमेरिका भारतबाट आयात हुने वस्तुहरूमा लगाइएको टैरिफ घटाएर १८ प्रतिशत पुर्याएको छ। यसले भारतीय निर्यातकर्तालाई अमेरिकी बजारमा प्रतिस्पर्धात्मक लाभ दिन्छ। भारतले पनि अमेरिकी सामानमा आयात शुल्क घटाएको वा…

Share and Enjoy !

काठमाडौं – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट गम्भीर रूपमा क्षतिग्रस्त बनेको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि बन्द रहेको सुपरमार्केट मर्मत, पुनर्निर्माण र व्यवस्थापन सुधारपछि शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।आन्दोलनका बेला सुपरमार्केटभित्र रहेका संरचना, सामग्री तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। घटनापछि सुरक्षा चुनौती र क्षतिको…

Share and Enjoy !

अमेरिका–भारत व्यापार समझौता महत्वपूर्ण १० बुन्दा

अमेरिका–भारत व्यापार समझौता अन्तिम चरणतिर:भारत र संयुक्त राज्य अमेरिकाले हालै एक अन्तरिम व्यापार समझौताको ढाँचा जारी गरेका छन् जस अन्तर्गत द्विपक्षीय व्यापारलाई बलियो बनाउन टैरिफ र व्यापार बाधाहरूलाई घटाउने सहमति भएको छ। 10 प्रमुख निर्णयटैरिफमा ठूलो कटौती:अमेरिकी पक्षले अब भारतीय सामानहरूमा लगाइने टैरिफलाई ५०% बाट घटाएर १८% गर्ने सहमति गरेको छ।बजार पहुँच:यो समझौताले भारतीय निर्यातकर्ताहरूलाई…

Share and Enjoy !

कोटेश्वरको भाटभटेनी सुपरमार्केट २४ गतेदेखि पुनः सञ्चालनमा

काठमाडौँ, माघ २२, २०८२ – गत वर्ष जेनजी आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी र क्षति भएको थियो। सो क्रममा भवन र भित्र रहेका सामग्रीहरू व्यापक रुपमा नोक्सान पुगेका थिए।तर अब समूह सुधारका कामहरू पूरा भएसँगै उक्त सुपरस्टोर २४ गतेदेखि पुनः सञ्चालनमा ल्याउने तयारी पूरा भएको भाटभटेनी सुपरमार्केटले जानकारी दिएको छ।भाटभटेनीका अधिकारीहरूले बताएअनुसार, आगलागीबाट क्षतिग्रस्त…

Share and Enjoy !

चामल र खाने तेलको मूल्यवृद्धि समायोजन गर्न वाणिज्य मन्त्रालयको निर्देशन

दैनिक उपभोग्य वस्तु चामल र खाने तेलको मूल्य पछिल्ला दिनमा अस्वाभाविक रूपमा बढ्दै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृद्धि समायोजन गर्न निर्देशन दिएको छ। बजारमा उपभोक्ताबाट गुनासो बढेपछि विभागले उत्पादक, आयातकर्ता र वितरकलाई अनुचित नाफा नलिन र मूल्य सन्तुलन कायम गर्न आग्रह गरेको हो।विभागका अनुसार उपभोक्ता संरक्षण ऐन तथा नियमावलीले प्रत्याभूत गरेको अधिकार…

Share and Enjoy !

Speak Any text