Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

आर्थिक सहयोगबाट विद्यालय ऋणमुक्त


म्याग्दी, १२ फागुन ।

म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कस्थित ज्योति मण्डल माध्यमिक विद्यालय दाताहरूको आर्थिक सहयोगबाट ऋणमुक्त भएको छ। विद्यालयले निजी स्रोतबाट माध्यमिक तह सञ्चालन, जग्गा खरिद तथा भवनलगायत पूर्वाधार निर्माणका लागि लिएको ऋण पूर्ण रूपमा चुक्ता गरिएको हो।
विद्यालय व्यवस्थापनका अनुसार आवश्यक पूर्वाधार विस्तार र शैक्षिक गुणस्तर सुधारका लागि पर्याप्त सरकारी स्रोत नहुँदा सहकारीमार्फत ऋण लिनु परेको थियो। त्यसक्रममा प्रधानाध्यापक मेखबहादुर खत्रीले आफ्नो घरजग्गा धितो राखेर ऋण जुटाएका थिए।


विद्यालयका पूर्वशिक्षक तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका बाँसखर्कका पूर्वप्रधानपञ्च लालबहादुर पुनका नातिनीहरूले उक्त सहकारी ऋण तिरिदिएपछि विद्यालय आर्थिक दायित्वबाट मुक्त भएको हो।
दाताहरूको सहयोगले विद्यालयलाई ठूलो राहत मिलेको स्थानीयले बताएका छन्। ऋणमुक्त भएसँगै अब विद्यालयले शैक्षिक गतिविधि विस्तार, भौतिक संरचना सुदृढीकरण र विद्यार्थीलाई थप सुविधा उपलब्ध गराउन ध्यान केन्द्रित गर्ने जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text