Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
राष्ट्र बैंकको कर्जा प्रवाहमा लचक नीतिपछि शेयर बजारमा उत्साह, नेप्से ६४ अंकले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, ऊर्जा र साना तथा मझौला उद्योगलगायत क्षेत्रमा अनिवार्य रूपमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधानमा नेपाल राष्ट्र बैंक लचिलो बनेपछि शेयर बजारमा उत्साह देखिएको छ।राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेको भोलिपल्ट बिहीबार नेप्से परिसूचक ६४ दशमलव ६७ अंक (२ दशमलव २९ प्रतिशत) ले बढेर २ हजार ८७७ दशमलव…

Share and Enjoy !

नेपाल ‘ग्लोबल फोरम’को १७३औँ सदस्य बन्यो

काठमाडौं । अन्तर्राष्ट्रिय कर छलीविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पसेस’ (ग्लोबल फोरम)को १७३औँ सदस्य बनेको छ। यससँगै नेपाल यो सञ्जालमा आबद्ध हुने २४औँ एसियाली राष्ट्र पनि बनेको छ।ग्लोबल फोरमका अध्यक्ष गेल पेराउडले नेपाललाई स्वागत गर्दै नेपालको यो निर्णयले कर छलीविरुद्ध विश्वव्यापी रूपमा बढ्दै गएको प्रतिबद्धतालाई…

Share and Enjoy !

मेटाभर्स परियोजना बन्द गर्ने निर्णय

काठमाडौँ । इन्टरनेट वा सामाजिक सञ्जालको भविष्य ‘मेटाभर्स’ नै हो भन्दै मार्क जकरबर्गले पाँच वर्षअघि फेसबुकको नामै फेरेर ‘मेटा’ बनाए भने मेटाभर्सका लागि अर्बौं डलर लगानीसमेत गरे । उनको परिकल्पनाअनुसार डिजाइन गरिएको मेटाभर्स यस्तो भर्चुअल दुनियाँ थियो, जहाँ मानिसले आआफ्नो अवतारमार्फत थ्रीडी स्पेसमा एकअर्कालाई भेट्ने, कुराकानी, काम वा अन्तरक्रियादेखि नाच्ने/गाउने, व्यापार–व्यवसाय सबैथोक गर्न सक्थे । तर यति…

Share and Enjoy !

नागरिक उड्डयन प्राधिकरणले ७५ जना कर्मचारी माग्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी भर्ना गर्ने जानकारी दिएको हो।प्राधिकरणका अनुसार प्रशासन तथा प्राविधिक दुवै समूहमा कर्मचारी माग गरिएको छ। प्रशासनतर्फ प्रबन्धक पदमा एक जना महिला उम्मेदवार र प्राविधिकतर्फ…

Share and Enjoy !

कर्णाली र सुदूरपश्चिममा आज र भोलि हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका विभिन्न प्रदेशमा आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको हो। आज दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य…

Share and Enjoy !

कुवेतमा रहेका श्रीमान्को मृत्युको खबर मतदानकै दिन आयो, तर शव आएन

सिरहा । प्रतिनिधिसभा निर्वाचनको अघिल्लो राति, २० फागुनमा कुवेतबाट रमेशकुमार मोचीले श्रीमती प्रमिलाकुमारी रामलाई फोन गरेका थिए। २२ महिनाअघि कुवेत गएपछि जन्मिएको डेढ वर्षका छोरा आर्यनलाई भेट्न वैशाखमा बिदा लिएर घर आउने खबर उनले सुनाएका थिए। साथै देशको भविष्यबारे पनि परिवारसँग कुरा गरेका थिए।‘चुनावमा राम्रो मान्छे र युवालाई भोट हाल्नुपर्छ, यो चुनावपछि देश बदलिन्छ,’ उनले…

Share and Enjoy !

पेट्रोलको मूल्य प्रतिलिटर १५ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको छ।निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार नयाँ मूल्य मध्यरातदेखि लागू भएको हो। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गमा पर्ने क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७२…

Share and Enjoy !

अमेरिकाले जसरी पनि होर्मुज जलमार्ग खोल्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump ले विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने Strait of Hormuz (होर्मुज जलमार्ग) जसरी भए पनि छिट्टै खुला गरिने बताएका छन्। उनले उक्त जलमार्गलाई सुरक्षित, खुला र स्वतन्त्र बनाउने अमेरिकाको लक्ष्य रहेको उल्लेख गरेका छन्।सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मा पोस्ट गर्दै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतजस्ता…

Share and Enjoy !

धनकुटामा लगातार पहिरोले भेडेटार–नाम्जे सडक अवरुद्ध

२९ फागुन, धनकुटा। लगातार सुक्खा पहिरो खस्दा भेडेटार–नाम्जे सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। भेडेटार–रविराँके सडकअन्तर्गत पर्ने उक्त खण्डमा वर्षापछि माथिबाट ढुंगा र माटो झर्न थालेपछि गए रातिदेखि यातायात सञ्चालन ठप्प भएको छ।भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार माथिबाट निरन्तर ढुंगा र माटो खसिरहेकाले पहिरो हटाउन समस्या भइरहेको छ। निर्माणाधिन…

Share and Enjoy !

नवलपरासी, २९ फागुन । मध्यपूर्वमा बढ्दो तनावका कारण खाना पकाउने ग्यास (एलपी ग्यास) अभाव हुन सक्ने त्रास फैलिन थालेपछि पश्चिम नवलपरासी प्रशासनले बजार अनुगमन र नियन्त्रणमा कडाइ गरेको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले विशेष सक्रियता देखाएको हो।प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले ग्यासको कृत्रिम अभाव सिर्जना…

Share and Enjoy !

गगन थापाको राजीनामा विकल्प होइन : डिला संग्रौला

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतान्त्रिक व्यवस्थामा हार र जित दुवै स्वाभाविक हुने बताउँदै पार्टी सभापति गगन कुमार थापाको राजीनामा अहिलेको विकल्प नभएको टिप्पणी गरेकी छन्।शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणामलाई आत्मालोचनासहित स्वीकार गर्दै पार्टी जनतामाझ जान तयार रहेको बताइन्। संग्रौलाले अहिलेको अवस्थामा सभापति…

Share and Enjoy !

अध्यक्ष ओलीलाई दोष दिएर कोही उम्किन सक्दैन : शेरबहादुर तामाङ

काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दोष दिएर कोही पनि नेता जिम्मेवारीबाट उम्किन नसक्ने बताएका छन्।शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालैको चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताए। उनका अनुसार निर्वाचन परिणामका विषयमा एक जना नेतामाथि मात्रै दोष थोपरेर समस्या समाधान…

Share and Enjoy !

Speak Any text