Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

राष्ट्र बैंकको कर्जा प्रवाहमा लचक नीतिपछि शेयर बजारमा उत्साह, नेप्से ६४ अंकले बढ्यो


काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाले कृषि, ऊर्जा र साना तथा मझौला उद्योगलगायत क्षेत्रमा अनिवार्य रूपमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधानमा नेपाल राष्ट्र बैंक लचिलो बनेपछि शेयर बजारमा उत्साह देखिएको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेको भोलिपल्ट बिहीबार नेप्से परिसूचक ६४ दशमलव ६७ अंक (२ दशमलव २९ प्रतिशत) ले बढेर २ हजार ८७७ दशमलव ०२ अंकमा पुगेको छ। सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन १२ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बिहीबार २१ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यस दिन फ्लोट इन्डेक्स २ दशमलव ५० प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव ४० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ५१ प्रतिशतले बढेका छन्। सबै समूहगत सूचकमा हरियाली देखिएको छ। तीमध्ये विकास बैंक समूहको सूचक सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह दोस्रो स्थानमा ३ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ।
बजार विश्लेषकहरूका अनुसार राष्ट्र बैंकले कर्जा प्रवाहसम्बन्धी नीतिमा लचिलोपन देखाएपछि लगानीकर्तामा सकारात्मक सन्देश गएको छ। आज सर्वाधिक बढ्ने शेयरमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्। यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै सर्वाधिक कारोबार हुने कम्पनीमा ङादी ग्रुप पावर लिमिटेड रहेको छ। उक्त कम्पनीको ६७ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text