Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
नेपालमा विद्युतीय चुलोको आयातमा अत्यधिक बृद्धि

काठमाडौं — भन्सार विभाग ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको तथ्यांकअनुसार नेपालमा खाना पकाउने विद्युतीय चुलोको आयात उल्लेख्य रूपमा बढेको छ।एलपी ग्यास अभावको समस्या दोहोरिन थालेपछि उपभोक्ता विकल्पका रूपमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो…

Share and Enjoy !

डलर को भाउ स्थिर, युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउमा कमी

काठमाडौं — नेपाल राष्ट्र बैंक ले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर को भाउ स्थिर रहेको छ भने युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलर को भाउ केही घटेको छ। राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा नै कायम छ।…

Share and Enjoy !

नागढुंगा सुरुङमार्ग ठेक्का चीनसँगको जोइन्ट भेञ्चरलाई लाग्ने सम्भावना प्रबल

काठमाडौँ — जापानले चिनियाँ कम्पनीलाई नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का नदिन लबिङ गरिरहेको चर्चा चले पनि, चिनियाँ कम्पनीसहितको संयुक्त उपक्रम (जोइन्ट भेञ्चर)ले ठेक्का पाउने सम्भावना प्रबल भएको छ।आगामी वैशाखदेखि सुरुङमार्ग सञ्चालन गर्ने तयारी अनुसार सरकारले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा १० संयुक्त उपक्रम कम्पनीले भाग लिएका थिए, जसमा ६ ओटा चिनियाँ कम्पनी साझेदार भएका थिए। अन्तिम प्राविधिक…

Share and Enjoy !

राष्ट्र बैंकको कर्जा प्रवाहमा लचक नीतिपछि शेयर बजारमा उत्साह, नेप्से ६४ अंकले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, ऊर्जा र साना तथा मझौला उद्योगलगायत क्षेत्रमा अनिवार्य रूपमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधानमा नेपाल राष्ट्र बैंक लचिलो बनेपछि शेयर बजारमा उत्साह देखिएको छ।राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेको भोलिपल्ट बिहीबार नेप्से परिसूचक ६४ दशमलव ६७ अंक (२ दशमलव २९ प्रतिशत) ले बढेर २ हजार ८७७ दशमलव…

Share and Enjoy !

नेपाल ‘ग्लोबल फोरम’को १७३औँ सदस्य बन्यो

काठमाडौं । अन्तर्राष्ट्रिय कर छलीविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पसेस’ (ग्लोबल फोरम)को १७३औँ सदस्य बनेको छ। यससँगै नेपाल यो सञ्जालमा आबद्ध हुने २४औँ एसियाली राष्ट्र पनि बनेको छ।ग्लोबल फोरमका अध्यक्ष गेल पेराउडले नेपाललाई स्वागत गर्दै नेपालको यो निर्णयले कर छलीविरुद्ध विश्वव्यापी रूपमा बढ्दै गएको प्रतिबद्धतालाई…

Share and Enjoy !

नागरिक उड्डयन प्राधिकरणले ७५ जना कर्मचारी माग्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी भर्ना गर्ने जानकारी दिएको हो।प्राधिकरणका अनुसार प्रशासन तथा प्राविधिक दुवै समूहमा कर्मचारी माग गरिएको छ। प्रशासनतर्फ प्रबन्धक पदमा एक जना महिला उम्मेदवार र प्राविधिकतर्फ…

Share and Enjoy !

पेट्रोलको मूल्य प्रतिलिटर १५ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको छ।निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार नयाँ मूल्य मध्यरातदेखि लागू भएको हो। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गमा पर्ने क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७२…

Share and Enjoy !

बुद्ध एयरको ATR-72 (9N-AJO) विमानलाई बिदाइ, अब उडान नगर्ने

बुद्ध एयरको ATR-72–500 सिरिजको 9N-AJO दर्ता नम्बर भएको विमानलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। करिब १६ वर्ष सेवा दिएपछि उक्त विमान अब नियमित व्यावसायिक उडानबाट बाहिरिएको हो।यो विमानले आफ्नो अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौं सम्म गरेको थियो। सेवा अवधिभर यसले लाखौँ यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउँदै नेपालका आन्तरिक उडानमा महत्वपूर्ण भूमिका खेलेको…

Share and Enjoy !

काठमाडौं सहित विभिन्न सहरमा खाना पकाउने ग्यास अभाव

काठमाडौं । मध्यपूर्वको तनावका कारण नेपालमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ। कतिपय ग्यास बिक्री डिपो बन्द छन् भने सीमित खुला डिपोमा उपभोक्ताहरूको लामो लाइन देखिन्छ।आज बिहान बालाजु उद्योगिक क्षेत्रमा यस्तै लामो लाइन देखिएको थियो। बिहानैदेखि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर लाइनमा उभिएका थिए। कतिपयले ग्यास भरिएको सिलिण्डर किनेर फर्किएका छन्, तर ग्यास पाउनेहरूको संख्या…

Share and Enjoy !

स्ट्रेट अफ होर्मुजमा भारतको गुजराततर्फ इन्धन लिएर गइरहेको जहाजमा अज्ञात प्रहार

स्ट्रेट अफ होर्मुजमा बुधबार थाइल्याण्डको ‘मयूरी नारी’ जहाजमा अज्ञात प्रहार भएको छ। यो जहाज भारतको गुजराततर्फ इन्धन लिएर जातिरहेको थियो। प्रहारपछि जहाजमा भयंकर आगलागी भयो र यसको सञ्चालन ठप्प भयो। घटना ओमानको समुद्री तटको करिब ११ नटिकल माइल उत्तरमा भएको बताइएको छ।भारतले आफ्नो ठूलो हिस्सा कच्चा तेल र ग्यास साउदी अरब, इराक, कुवेत र यूएईबाट…

Share and Enjoy !

इरान–अमेरिका युद्धको प्रभाव : भारतीयको भान्छासम्मै संकट

काठमाडौं । पश्चिम एसियामा जारी इरान–अमेरिका संघर्षले अब भारतको भान्छा र रेस्टुरेन्टका भाँडा–चुलोमा पनि असर पुर्‍याउन थालेको छ। वैश्विक ऊर्जा आपूर्तिमा आएको अवरोधले खाना पकाउने ग्यास (एलपीजी) को आपूर्ति र मूल्यमा तीव्र समस्या निम्त्याइरहेको छ।भारत सरकारले खाना पकाउने ग्यासको आपूर्तिमा ठूलो उद्योगपतिलाई पछि राख्दै सर्वसाधारणलाई प्राथमिकता दिने निर्णय गरेको छ। अस्पताल, विद्यालय र आपतकालीन सेवाहरुलाई…

Share and Enjoy !

नेपालका एकमात्र अरबपति विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुगे

काठमाडौं । नेपालका प्रतिष्ठित व्यवसायी तथा राजनीतिज्ञ बिनोद चौधरी काे कुल सम्पत्ति सन् २०२६ मा नेपाली रुपैयाँमा ३ खर्ब २ अर्ब पुगेको छ।फोर्ब्सले सार्वजनिक गरेको २०२६ को विश्व धनी सूचीअनुसार चौधरीको कुल सम्पत्ति करिब २.१ अर्ब अमेरिकी डलर रहेको छ । यसका साथ उनी यस वर्ष विश्वका धनी व्यक्ति मध्ये १९८२औं स्थानमा परेका छन्, जुन अघिल्लो…

Share and Enjoy !

Speak Any text