Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानी १६ डुंगा नष्ट गरेको दाबी


काठमाडौँ ।

अमेरिका–इरानबीच जारी तनावको बीचमा अमेरिकाले होर्मुज स्ट्रेट नजिकै इरानी माइन बिछ्याउने १६ वटा डुंगा नष्ट गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले यसबारे भिडियो समेत सार्वजनिक गरेको बताइएको छ।
अमेरिकी सेनाले मंगलबारको कारबाहीमा उक्त डुंगाहरूलाई लक्ष्य बनाएको र पूर्ण रूपमा नष्ट गरिएको दाबी गरेको छ। त्यहीसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता आक्रमणहरू आगामी दिनहरूमा पनि जारी रहने संकेत गरेका छन्।


होर्मुज स्ट्रेट किन महत्त्वपूर्ण?


होर्मुज स्ट्रेट विश्वकै सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जसले पर्सियन खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ। यस मार्गबाट विश्वभर खपत हुने करिब २०–२५ प्रतिशत पेट्रोलियम पदार्थ र ग्यास ढुवानी हुँदैछ।
यो एक साँघुरो जलमार्ग हो जहाँ जहाजहरूको मुख्य लेन मात्रै २–२ माइल चौडा छ, र भौगोलिक रूपमा इरानको पकड निकै बलियो मानिन्छ। यदि यो मार्ग बन्द भयो भने तेल मूल्यमा भारी वृद्धि हुन सक्छ र विश्व अर्थतन्त्रमा संकट आउन सक्छ।
यो घटना अमेरिकासहित अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र ऊर्जा–मार्गका मुद्दाहरूलाई फेरि एकपटक वैश्विक ध्यानमा ल्याएको छ, र मध्यपूर्वमा जारी तनाव अझ व्यापक रुपमा फैलिन सक्ने संकेत देखिएको छ ।
यो पछिल्लो घटनाले अमेरिका र इजरायल–इरानबीचको विद्यमान युद्ध तथा क्षेत्रीय तनावलाई अझ गहिरो पारेको छ, जहाँ प्रमुख शक्तिहरू बीचको विवादले ऊर्जा आपूर्तिमा समेत प्रभाव पर्न सक्ने चिन्ता बढेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text