Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा कुहिरो


काठमाडौं ।

देशका विभिन्न भागमा आज आंशिक बदली रहने तथा केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यसका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्हरूले बताएका छन्। ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान छ।
त्यसैगरी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने बताइएको छ। बिहान र बिहानपख तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।


आज राति पनि देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text