Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

पूर्व सैनिकसहित दुई जना पक्राउ परे


काठमाडौं, माघ २७ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व नेपाली सेनाका सैनिकसमेत रहेका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिहरूमा सरोज परियार (३९), जो नुवाकोटको बिदुर नगरपालिका–२ स्थायी घर भई तारकेश्वर नगरपालिका–११ बस्दै आएका छन्, पूर्व सैनिक हुन्। अर्का व्यक्ति जितेन्द्रबहादुर चन्द (३२) बैतडीको पाटन नगरपालिका–१ स्थायी घर भएका र शेषमती बस्दै आएका छन्। चन्द दुई फरक मुद्दामा फरार रहेका थिए।
प्रहरीलाई निषेधित लागूऔषध बिक्री वितरणको सूचना आएपछि खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउका क्रममा उनीहरूको साथबाट ३० ग्राम बराबरको लागूऔषध बरामद भएको थियो।


चन्द उपर डाँका चोरी र बैंकिङ कसुर सम्बन्धी दुई फरक मुद्दा दर्ता भई उनी फरार थिए।
यस घटनापछि प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text