Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसाले गरिन्- मुस्लिम प्रेमीसँग विवाह

महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसाले मुस्लिम प्रेमीसँग विवाह गरेकी छन्। परिवारको विरोधपछि उनले प्रहरीसँग सुरक्षा मागेपछि केरालामा विवाह सम्पन्न भएको हो।
भारतको मध्यप्रदेशस्थित इन्दौरकी १८ वर्षीया मोनालिसा भोन्सले महाकुम्भ मेलामा रुद्राक्ष बेच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी चर्चामा आएकी थिइन्। त्यसपछि उनलाई “महाकुम्भ गर्ल” भनेर चिनिन थालियो।
मोनालिसाले आफ्ना प्रेमी फरमान खानसँग केरालाको तिरुवनन्तपुरम नजिक रहेको अरुमानूर मन्दिरमा हिन्दू परम्पराअनुसार विवाह गरेकी हुन्। विवाहअघि परिवारबाट दबाब र विरोध भएको भन्दै उनले केरालाको थम्पानूर प्रहरी कार्यालयमा पुगेर सुरक्षा मागेकी थिइन्।


प्रहरीका अनुसार मोनालिसा १८ वर्ष पुगेकी वयस्क भएकाले आफ्नो जीवनसाथी आफैं छान्ने कानुनी अधिकार उनलाई रहेको बताइएको छ। उनले प्रहरीसमक्ष आफू प्रेमीसँगै बस्न चाहेको र परिवारसँग फर्कन नचाहेको स्पष्ट पारेकी थिइन्।
मोनालिसा र फरमान करिब छ महिनादेखि सम्बन्धमा रहेको बताइएको छ। विवाहपछि सामाजिक सञ्जालमा यस विषयमा व्यापक चर्चा भइरहेको छ। कतिपयले उनको निर्णयलाई समर्थन गरेका छन् भने कतिपयले परिवारको विरोधलाई लिएर आलोचना पनि गरेका छन्।
मोनालिसाले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै यो विवाह कुनै “लभ जिहाद” नभएको स्पष्ट पारेकी छन्। उनले सबै धर्मप्रति सम्मान रहेको बताउँदै विवाह हिन्दू परम्पराअनुसार गरिएको पनि उल्लेख गरेकी छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text