Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

कुनै पनि विधेयक सरोकारवालासँग छलफल नगरी अघि नबढाइने

काठमाडौं, १३ वैशाख — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सरोकारवालासँग छलफल नगरी अघि नबढाइने बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सम्बन्धित पक्षसँग परामर्श गरेर मात्र विधेयक अघि बढाउने अभ्यासको सुरुवात गरिएको बताए।

अध्यक्ष दाहालले सरोकारवालाहरूको समस्या, भावना र मनोविज्ञानलाई ध्यानमा राखेर संसद्मा विधेयक अघि बढाइने आश्वासन दिए।

उनले संसद्मा प्रस्तुत हुने विधेयकहरूलाई गम्भीरतापूर्वक छलफल गरेर मात्र टुंगोमा पुर्‍याइने समेत स्पष्ट पारे।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text