Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

काठमाडौं, १३ वैशाख — त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ।

अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत विश्वविद्यालयले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको थियो। सोही निर्णयअनुसार क्रिकेट रंगशाला प्रयोग गरिरहेको नेपाल क्रिकेट संघ (क्यान) लाई पनि पत्राचार गरिएको छ।

त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाका अनुसार १८ वटा संघसंस्था तथा संगठनलाई छुट्टाछुट्टै पत्र पठाएर जग्गा खाली गर्न भनिएको छ। महाशाखा प्रमुख राजबहादुर राईले जग्गा खोजबिन समितिको प्रतिवेदनका आधारमा पत्राचार गरिएको जानकारी दिए।

प्रशासन महाशाखाका एक अधिकारीका अनुसार त्रिवि–क्यानबीचको सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ र यसपटक नवीकरण नगर्ने पक्षमा विश्वविद्यालय रहेको संकेत गरेका छन्। उनका अनुसार ठूला खेलकुद गतिविधिका कारण अध्ययन तथा अनुसन्धान प्रभावित भएको गुनासो विश्वविद्यालयको छ।

यता क्यानका प्रवक्ता छुम्बी लामाले भने उक्त पत्र हालसम्म प्राप्त नभएको बताएका छन्। क्यानको बोर्ड बैठकले भने सम्झौता नवीकरणका लागि राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिसकेको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text