Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Popular Posts

प्रतिनिधिसभाका सांसदले शपथ लिए, ६३ भन्दा बढी सांसदले मातृभाषामा शपथ


काठमाडौं — संघीय संसद्को प्रतिनिधिसभा का नवनिर्वाचित सदस्यहरूले बिहीबार शपथ लिएका छन्।
सिंहदरबारस्थित संसद् भवन मा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका अनुसार कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसदले मातृभाषामा शपथ लिने जानकारी दिएका थिए।
मातृभाषामा शपथ लिने सांसदहरूमध्ये यज्ञबहादुर बोगटी ले अछामी, मोहम्मद इस्तियाक राई ले अवधि, आकृति अवस्थी ले डोटेली, गंगा छन्त्याल ले छन्त्याल र करिस्मा कठरिया ले कठरिया थारू भाषामा शपथ लिएका छन्।
त्यस्तै सुजाता तामाङ र परशुराम तामाङ ले तामाङ भाषामा, तथा कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी लगायतले थारू भाषामा शपथ लिएका छन्।
त्यसैगरी अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन लगायतका सांसदहरूले नेपाल भाषामा शपथ लिएका छन्।
यसपटक प्रतिनिधिसभामा विभिन्न मातृभाषामा शपथ लिने सांसदहरूको संख्या उल्लेखनीय रहेको संसद् सचिवालयले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Speak Any text