इजरायली नागरिकमाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले गरे पक्राउ

२२ मंसिर, काठमाडौं ।काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा एक इजरायली नागरिकमाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामा काभ्रे, तेमाल गाउँपालिका–६ का २६ वर्षीय पेम्बा तामाङ र नुवाकोट, ताँदी गाउँपालिका–४ का ३० वर्षीय श्याम तामाङ छन्। दुवै हाल स्वयम्भूमा बस्दै आएका …

Share on Social Media

२२ मंसिर, काठमाडौं ।
काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा एक इजरायली नागरिकमाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामा काभ्रे, तेमाल गाउँपालिका–६ का २६ वर्षीय पेम्बा तामाङ र नुवाकोट, ताँदी गाउँपालिका–४ का ३० वर्षीय श्याम तामाङ छन्। दुवै हाल स्वयम्भूमा बस्दै आएका थिए। उनीहरूलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

घटना १५ मंसिरको राति करिब १० बजेतिर भएको हो। योग होस्टल, कालधारा बस्दै आएका २५ वर्षीय इजरायली नागरिक अर्मोजा अल्मोग सडक हुँदै हिँड्दै गर्दा दुुवैले उनलाई लछारपछार गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा काठमाडौंको सोह्रखुट्टे प्रहरी वृत्तमार्फत अनुसन्धान अघि बढाएको छ।

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *