संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्राथमिक आवश्यकता

२२ मंसिर, काठमाडौं ।गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको सर्वाधिक प्राथमिक आवश्यकता भएको बताएका छन्। लोकतन्त्रलाई मजबुत बनाउन मानवअधिकारको सुनिश्चितता अपरिहार्य हुने उल्लेख गर्दै उनले सबै पक्षलाई जिम्मेवारीपूर्वक अघि बढ्न आह्वान गरेका हुन्। ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार संरक्षणमा गम्भीर …

Share on Social Media

२२ मंसिर, काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको सर्वाधिक प्राथमिक आवश्यकता भएको बताएका छन्। लोकतन्त्रलाई मजबुत बनाउन मानवअधिकारको सुनिश्चितता अपरिहार्य हुने उल्लेख गर्दै उनले सबै पक्षलाई जिम्मेवारीपूर्वक अघि बढ्न आह्वान गरेका हुन्।

ललितपुरमा सोमबार आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकार संरक्षणमा गम्भीर चुनौती उत्पन्न हुने चेतावनी दिए। उनका अनुसार लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक मात्र होइनन्, दुवैको मजबुती एक–अर्कामा निर्भर रहन्छ।

अर्यालले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको सन्दर्भमा सुरक्षा संयन्त्र र राजनीतिक पक्ष सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गरे। ‘स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो,’ उनले भने, ‘तर यसका लागि सबै सरोकारवाला निकायहरूको सहकार्य आवश्यक छ।’

उनले सरकार हाल परिवर्तित राजनीतिक तथा कानुनी सन्दर्भलाई ध्यानमा राखेर लोकतान्त्रिक संस्थाहरूलाई थप सबल बनाउन प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। मानवअधिकारको संरक्षण र संवर्धन राज्यको मूल दायित्व भएको उल्लेख गर्दै गृहमन्त्रीले संक्रमणकालीन न्याय प्रक्रियालाई पूर्णता दिन अब ढिलाइ गर्न नहुने बताए।

समारोहमा मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संस्थाका पदाधिकारीहरूको सहभागिता थियो।

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *