न्यायपालिकाको पहुँच विस्तारबारे जनकपुरमा अधिवक्ताहरूको राष्ट्रिय भेला, वार एसोसिएसन सक्रिय

धनुषा, जनकपुरधाम — मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा नेपाल बार एसोसिएसन जनकपुर शाखाले न्यायपालिकाको सुशासन, सर्वसुलभ न्याय र उत्तरदायित्वका विषयमा केन्द्रित गर्दै यस वर्ष विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। विश्वभर मानव अधिकारबारे जनचेतना अभिवृद्धि गर्ने दिनका रूपमा मनाइने डिसेम्बर १० को अघि–पछाडि नेपाल बार जनकपुरले नागरिकहरूलाई न्यायसम्मत पहुँच सुनिश्चित गर्ने उद्देश्यले …

Share on Social Media

धनुषा, जनकपुरधाम —

मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा नेपाल बार एसोसिएसन जनकपुर शाखाले न्यायपालिकाको सुशासन, सर्वसुलभ न्याय र उत्तरदायित्वका विषयमा केन्द्रित गर्दै यस वर्ष विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। विश्वभर मानव अधिकारबारे जनचेतना अभिवृद्धि गर्ने दिनका रूपमा मनाइने डिसेम्बर १० को अघि–पछाडि नेपाल बार जनकपुरले नागरिकहरूलाई न्यायसम्मत पहुँच सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रिय कार्यक्रमको तयारी तीव्र बनाएको छ।

यसै सन्दर्भमा, नेपाल बार एसोसिएसनको समन्वयमा मंसिर २५ गते जनकपुरधाममा ‘मानव अधिकार तथा न्यायिक पहुँच विस्तार’ विषयक राष्ट्रिय भेला हुने जनाइएको छ। कार्यक्रममा नेपाल सरकारका पूर्वउपप्रधान तथा सम्माननीय न्यायमन्त्री राजेन्द्र सिंह रावल मुख्य वक्ता रहनेछन्। कार्यक्रम बिहान १० बजे जनकपुरमा सुरु हुने जनाइएको छ, जसमा स्थानीय न्यायिक सरोकारवाला, अधिवक्ताहरू, नागरिक समाजका प्रतिनिधि, सरोकारवाला निकायका अधिकारी तथा विद्यार्थीहरूको उपस्थिति अपेक्षित गरिएको छ।

नेपाल बार जनकपुर शाखाका अध्यक्ष विमल कुमार मिश्रका अनुसार यो कार्यक्रम वर्षौंदेखि पिछडिएको न्यायिक पहुँचलाई मजबुत बनाउने दिशामा महत्वपूर्ण छलफल स्थल बन्नेछ। “नागरिकहरूले समयमै, सहज रूपमा र न्यायपालिका सम्म बराबरी पहुँच पाउनुपर्छ। त्यसका लागि कानुनी समुदाय, सरोकारवाला निकाय तथा नागरिकबीच समन्वय अपरिहार्य छ,” मिश्रले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

जनकपुरको चुनौती र छलफलका मुख्य एजेण्डा

जनकपुर क्षेत्रमा न्यायिक सेवामा अनुभूत हुँदै आएका समस्या—जस्तै मुद्दा दर्ता प्रक्रियामा ढिलाइ, नागरिकमैत्री सेवा अभाव, कानुनी सचेतनाको कमी, स्थानीय तह र अदालतबीच समन्वयको कमी—कार्यक्रमका मुख्य विषय रहनेछन्। विशेष गरी महिला, गरिब तथा सीमान्तकृत समुदायलाई न्यायिक प्रक्रियामा अझ सजिलो बनाउने उपायहरू पनि छलफलका एजेण्डामा समावेश छन्।

कार्यक्रमलाई सहज बनाउन नेपाल बार जनकपुर शाखाले यातायात, सुरक्षाको व्यवस्था तथा अतिथिहरूका लागि आवश्यक समन्वयसमेत पूरा गरेको जनाएको छ। सहभागिता बढाउन स्थानीय होटल व्यवसायीसँग सहकार्य गरी आवास व्यवस्थासमेत मिलाइएको छ।

अध्यक्ष मिश्रका अनुसार, “मानव अधिकार दिवसले हाम्रो प्रणालीको कमजोरी र सुधार दुवैलाई उजागर गर्ने अवसर दिन्छ। यसैले हामीले यस वर्ष जनकपुरलाई केन्द्र बनाएर दीर्घकालीन प्रभाव पार्ने किसिमका छलफल र प्रतिवद्धताहरू सार्वजनिक गर्न लागेका छौं।”

नेपाल बार एसोसिएसन जनकपुरले सबै सरोकारवाला, नागरिक तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा सहभागी भएर न्यायिक सुशासन र मानव अधिकारका मुद्दालाई सशक्त बनाउन सहयोग गर्न आह्वान गरेको छ।

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *