एसएसबीले ब्राउन सुगर सहित ६ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ

Share on Social Media

ललित झा

जयनगर, ०९ फेब्रुअरी – ४८औँ वाहिनी, सशस्त्र सीमा बल (एसएसबी), जयनगरले सीमा क्षेत्रमा भइरहेको तस्करी तथा अवैध गतिविधिहरूविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत, एक ठूलो कारबाही गर्दै एसएसबीले ब्राउन सुगर, प्रतिबन्धित औषधी, नगद, सवारी साधन तथा अन्य प्रतिबन्धित सामग्री बरामद गरेको छ भने ६ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ।

सीमा चौकी बैतौनाहका प्रमुखको नेतृत्वमा श्री विवेक ओझा, उप-कमाण्डेन्ट (प्रचालन), ४८औँ वाहिनीको सही सूचनाका आधारमा विशेष गस्ती टोली गठन गरिएको थियो। सो टोलीले ८ फेब्रुअरी २०२५ का दिन बिहान ११:१० बजे सीमा स्तम्भ नम्बर २६८/०६ नजिक, भारतीय भूमिबाट करिब ४०० मिटर भित्र छापा मारी उक्त अवैध वस्तुहरू बरामद गरेको हो।

यस कारबाहीले सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारविरुद्ध कडा सन्देश पुगेको सुरक्षा निकायहरूले जनाएका छन्। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ।

बरामद गरिएका सामानहरूको विवरण:

  1. ब्राउन शुगर – 24 ग्राम (स्टील बॉक्स में)
  2. कोडिस्कैन कफ सिरप – 122 बोतल
  3. कोडिफॉक्स कफ सिरप – 02 बोतल
  4. ब्रिक्स गोल्ड ग्रेन – 01 नग
  5. सिगरेट और लाइटर
  6. ब्लेड के टुकड़े
  7. हुक्का – 01 नग
  8. हुक्का कॉइल – 02 पैकेट
  9. नेपाली मुद्रा – 880/-
  10. भारतीय मुद्रा – ₹1280/-
  11. वजन मापने की मशीन – 01 नग
  12. वॉलेट (पर्स) – 04 नग
  13. मोबाइल फोन – 05 नग
  14. बाइक – 03 नग
  15. ईयरफोन – 01 नग

पक्राउ गरेका व्यक्तिहरूको नाम:

  1. सुशील कुमार
  2. विमलेश कुमार यादव
  3. लालू कुमार यादव
  4. अमित कुमार यादव
  5. रामबाबू यादव
  6. बिरेन्द्र कुमार यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *