पुस्तक समीक्षा
पृष्ठभूमि :
आमा,सपना र ताराहरु* पुस्तककार रुपमा पस्कनु भएका नेपालीय आकाशका अति महत्त्वपूर्ण नक्षत्रीय व्यक्तित्व ईश्वर पोखरेल । यो कृति बहुआयामिकता बोकेको ग्रन्थ हुन । लेखक वामपन्थी राजनितिक धारका शिखर पुरुष भएतापनि लेखनमा सामाजिक,सांस्कृतिक,आर्थिक,महिला सशक्तीकरण,ग्रामीण परिवेश संयुक्त परिवार, समाजका मुल्य-मान्यता, तथा बाल्यपनमा मुलुकप्रतिको ओज,तथा ती परिवेशबाट राजनिति सत्कर्मको अग्रसारित क्रियाकलापहरुलाई वडो मिहिन तवरले "*जइरसं फुनगीधरि*[ जरादेखि टुप्पोसम्म ] को विविधिकरणको आयामिकता जनमानसमामा शब्दमण्डन गर्न सफल हुनु भएको छ । यो पुस्तकको लेखन शैली,भाषा प्रयोग,विचारको प्रस्तुतिकरण,अनुभव,उदेश्य,दृष्टिकोण,भोगाइ,भाव-भंगिमाका साथै उच्च बौद्धिकताको स्पष्ट चित्र र चरित्र कोरिएका छन् ।
यस पुस्तकमा कभर पेज बाहेक १३९ वटा पाना रहेका छन् । यस पावन पुस्तकका प्रकाशक साङ्गग्रिला मिडिया ग्रुप प्रालि,काठमाडौ रहेको छ भने भुमिका लेखन नेपालका प्रथम महिला सम्मानीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारी को रहेछ । पुस्तकमा लेखकीय बाहेक पच्चीसवटा अध्याय रहेका छन् ।
यी अध्यायहरुमा प्रारम्भ,माइती र घरमा आमा,पीडादायी घरायसी अवस्था,बाको निधन,बाको निधनपछिका चुनौती,रुपनालु,रुन्जाटार र आमा,आमासित छुट्टिनुपर्दा..,मान्खा स्कुलमा एक बर्ष विद्यार्थी जीवन र राजनितिमा प्रवेश,कम्युनिस्ट पार्टीको पुर्णकालीन राजनिति,मैले घर छोडेपछि आमाको अवस्था,भुमिगत अवस्थामा आमासित भेट,लुक्तैछिप्तै आमासंग भेट्न जांदा,भोकले तड्पिदा,गिरफ्तारी जेलजीवन र आमा,चिनियाँ भुमिमा आमाको सम्झना,आमाले बुहारी भेट्दा,उमेर ढल्कदै जांदा आमाको पिरलो,सन्तान गुमाउँदाको पीडा,मलाई बचाउने अौतारी लामा,पुरेतको प्रवृत्तिबाट पीडित आमा,पहिलो पटक माइतीघर,आंखा दान गर्ने आमा र डा. रुइत,आमाको स्वभाव र आमा लगायतका कालजयी अध्याय हुन ।
पुस्तकको प्रारम्भ नै आमाको अलौकिक शब्द चित्रणबाट भएको छ जसमा :
आमाको काखमा बस्ने हुंदा
मैले ताराहरु देखें –
आकाशमा टिमटिमाइरहेका ताराहरु ।

आमाको काखबाट झरेर
टुकुटुकु हिड्न थालेपछि
अनगन्ती ताराहरु गन्न सिकें ।
थाकेको छैन
ताराहरु गन्ने मेरो अभियान
अझै जारी छ आमाको सम्झनामा ।
यी माथिका पद्यात्मक भावले आमाप्रतिको स्नेह र दायित्वबाट लेखक पुर्णरुपेण कर्तव्यबोधात्मक अवस्थाको सृजना भएको छ भने विविधता शब्द र भाव विन्यासअर्पण गर्न सफल हुनु भएको छ ।
अध्यायहरुको अध्ययन गर्दा…..
यो लेखकको संस्मरणात्मक कृति हो र यसले आमासंगको सम्बन्ध र नेपाली समाजको परिवर्तनशील इतिहासलाई समेटिएको छ । लेखकका शब्दहरुले पाठकलाई भावनात्मकरुपमा छोएको छ सोच्न बाध्य गरेको छ समाज,संस्कार र राजनितिक परिदृष्टीलाई । लेखकको आमाप्रतिको सम्मान आमाको जीवन,कठिन संघर्ष र त्याग विधवा जीवनको कठिनतम व्यथा,आर्थिक दुराबस्थाका साथ समाजमा महिलाको भुमिकालाई अतिसम्वेदनशीलताका साथ पाठक समक्ष पस्केको देखिन्छ । लेखनी प्रकृया गद्य कविताबाट शुरु भएको छ भन्ने मुटुको चाललाई वेगित र बेधित गरेको छ । लेखकले आमासंगको बाल्यकाल,बिद्यार्थी जीवन,भुमिगत कम्युनिस्ट राजनितिक यात्रा, आमाको अन्तिम दर्शन, आंखा दान जस्तो पवित्र कार्य जसले समाजलाई परम्परागत सोचबाट प्रगतिशील परिवर्तनको रुप र स्वरुप निर्घारण गरेको छ । यसका साथै,विश्वमा राजनितिक परिवर्तन मात्र होइन जलवायु परिवर्तन को असर र त्यसले निम्त्याएका बसाइँसराइ जस्ता समस्या इंगित गरेको छ । आमाको जीवित मात्रै होइन पितृहरुप्रतिको सम्मानले पाठकहरुको मन छोएको छ ।
निष्कर्षमा हेर्दा …..
यो कृतिले किर्ति स्थापित गर्न सफल भएको छ जनमानसको विचार पटलमा । यो वास्तविक आत्मकथाले आमाहरूको त्यागतपस्या,जीवन समर्पण परिवार र,समाजप्रति कस्तो हुन्छ सो को प्रेरणा पस्कन सफल भएको छ । यो पुस्तक आमाको संघर्षमय जीवनको व्यथात्मक कथा प्रस्तुत त गरेकै छ त्यसमा पनि समाजमा नितनुतन परिवर्तनको धारावाहिक इतिहास समेत प्रस्तुत गरेको देखिन्छ जसले अध्ययनकर्तालाई आआफ्नो जीवनजगत,परिवार,समाज, राष्ट्र तथा भौतिक-अभौतिक विचारलाई प्रेषित र सम्प्रेषित गर्न ईंटा थपेको छ । यस्ता कृति पुस्तक मात्र होइन ग्रन्थ कहलिन्छ जो कथमपि अतिशयोक्ति हुंदै हुंदे न ।
पुस्तक समीक्षक डा.विजय दत्त

