दिन माघे संक्रान्तिको दिन देव ढोका खुल्छ

-गैारीप्रसाद दवाडी

पूर्वीय सस्कृतिमा सूर्य र ग्रहका अवस्थितिलाई लिएर धैरै विषेश दिनहरुको वर्णन गरी चाडपर्व पूजा आराधना समेत गरी मनाइँदै आइएको छ । यीमध्ये मकर संक्रान्ति पनि एक महत्वपूर्ण दिन हो । यो दिन सूर्य दक्षिणायनबाट उत्तरायणमा तर्फ सर्न शुभारम्भ हुन्छ । त्यसैले यो पर्वलाई उत्तरायणी पर्व पनि भनिन्छ । यो दिन हिमालय पर्वतदेखि समुन्द्र तटसम्म विषेश दिनका रुपमा मनाइन्छ । मकर संक्रान्ति पर्व विषेश गरी नेपालमा मकर सङ्क्रान्ति, माघे संक्रान्ति, थारु जातिले माघी, मधेशीले तीला, मगरले ‘माघ्या सेर्ल्हेस, नेवारले घ्यःचाकु संल्हु , लिम्बूले कःक्फेक्वा तङ्नाम, अादिले आफ्नो नववर्षको रुपमा मनाई आएका छन् ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ सबै जातिको साझा पर्व हो माघे संक्रान्ति।

धर्मका आधारमा नेपालभर नदी तथा दोभानमा स्नान गर्ने भक्तजनहरू यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई आदिनदी तटमा पूजा आजा मेला रुपमा मनाउने गर्दछन्।

घीउ चाक्कु तरुल खिचडीले यस पर्वका प्रमुख खाध्य सामान हुन यो खानाले आध्यात्मिक भाव जागरण हुने जन विश्वास रहीआएको छ।

माधे संक्रान्ति कतिपय जात विषेशको नयाँ वर्षा आरम्भ पनि हो यसै दिनलाई सिमांकन गरेर लेन देन व्यवहार पनि गरिन्छ त्यसैले यसको आर्थिक महत्व पनि रहि आएको छ।

माघे संक्रन्ति नेपालमा जस्तै भारतमा पनि विभिन्न प्रदेशमा फरक–फरक नाम र ढंगले मनाउँछन् । दक्षिणभारतमा यसलाई पोङ्गल आसाममा माघ बिहु , भोगल बिहुको नामले मनाउँछन् । पञ्जाब र हरियाणा तिर मकर संक्रान्तिलाई लोहरी पर्वका रूपमा मनाउँछन् । उत्तर प्रदेशमा, यो पर्व दान धर्म पर्वको रुपमा मनाइन्छ । यो पर्वको विषेश परिकार खिंचडी भएकोले खिचडी पर्वको भन्ने गरिन्छ । बिहारीहरु मकर संक्रान्तिलाई तिल संक्रान्ति भनि खिचडी पर्वका रूपमा मनाउँछन् ।

मकर संक्रान्ति भक्ति र उत्साहका साथ मनाइनेदै आइएको छ। यो चाडमा पौराणिक धार्मिक आस्था जोडिएका पाइन्छन्। हाम्रा धेरै धार्मिक ग्रन्थहरूमा यस पर्वको उल्लेख गरिएको छ, जसले यस पर्वको धार्मिक महत्वकोलाई अझै विश्वसनीय वनाएका छन् । भगवान श्रीकृष्णको वाणी मानिने धार्मिक ग्रन्थहरूमध्ये सबैभन्दा आदरणीय ग्रन्थ “गीता” ले उत्तरायणको छ महिनालाई देवताको दिन मानिएको छ।

दक्षिणायनको छ महिना देवताहरूको लागि रात हो। उत्तरायणमा शरीर त्याग गर्ने , मृत्यु हुने व्यक्तिले, सहजरुपमा कृष्णको संसारमा स्थान पाउँछ, उसले मोक्ष पाउँछ भनिएको छ यो समयमा देहत्यागले पूनरजन्म लिनु पर्दैन भन्ने विश्वास छ ।

महाभारत कालमा भीष्म पितामहले स्वेच्छा मृत्युको वरदान पाएका थिए। बाणको ओछ्यानमा सुतेर पनि दक्षिणायनमा आफ्नो प्राण त्याग गरेनन् तर उत्तरायणमा सूर्य नआउन्जेल पर्खिरहे । मकर संक्रान्तिको शुभ दिनमा सूर्य उत्तरायणमा प्रवेश गरेपछि उनले शरीर त्याग गरे ।

मकर संक्रान्तिको बारेमा अर्को धार्मिक कथा छ कि यशोदा माताले भगवान श्रीकृष्णलाई पुत्रको रूपमा प्राप्त गर्न व्रत बसेकी थिइन्। गंगावतरणको कथा पनि मकर संक्रान्तिसँग सम्बन्धित छ। मकर संक्रान्तिको दिन गंगाले भगीरथ मुनिलाई पछ्याएर समुन्द्रमा प्रवेश गरेको जनविश्वास छ । मकर संक्रान्तिको दिन गंगा संग सागर संगम भएको दिनमानेर यस दिन गंगासागरमा लगायतका तीर्थतटमा स्नान गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।

ज्योतिषका अनुसार मकर शनिको राशि चक्र हो। मकर संक्रान्तिको दिन सूर्य शनिको कन्या राशिमा प्रवेश गर्दछ। सूर्य भगवान शनिका पिता हुन् । बाबु छोरोलाई भेट्नको लागि घर जान्छन् । शनि र सूर्य दुवै शक्तिशाली ग्रह हुन् र यी दुवैको शुभ फलले व्यक्तिले अपार सफलता प्राप्त गर्न सक्छ। त्यसैले मकर संक्रान्तिको दिन पनि मानिसहरूले सूर्य र शनिदेवलाई प्रसन्न तुल्याउँन पूजाआजा जप ध्या न गर्ने प्रचलन पनि छ।

रातलाई असत्य, पाप र अधर्मको प्रतीक मानिन्छ भने दिनलाई सत्य, पुण्य र धर्मको प्रतीक मानिने धर्म शास्त्रमा उल्लेख भएकोले उत्तरायण दिन लामा रात छोटा हुने उज्याला दिन हुन । देवताहरूको दिन भएकाले सबै पुण्य कर्महरूयो अबधिमा सफल हुन्छन्, कर्मको राम्रो फल पनि मिल्छ भन्न् विश्वास रहिआएको छ। मकर संक्रान्तिको दिन सूर्य उत्तरायणमा प्रवेश गरेर रातहरू छोटो र दिनहरु लामो हुन थाल्छन् । यसै दिनबाट स्वर्गको ढोका खुल्ने यस शुभ अवसरमा मानिसहरूले उत्सव मकर संक्रान्ति मनाउँदै आएका हुन् ।

सूर्य रशनीका प्रतापले मकर संक्रान्तिको दिनमा गरेका पून्यकाम को प्रभावले सुख शान्ति आरोग्य प्रात हुने जन विश्वासले पूर्वीय संस्कृतिमा मकर संकान्तिको महत्वपूर्ण पर्व रही आएको छ ।

Spread the word

Share NOW!

Facebook
Twitter
Pinterest

Related News

गणेशमान चारनाथ नगरपालिकाको अग्रसरता: नवीकरणीय ऊर्जा नीति निर्माणको दिशामा ऐतिहासिक पाइला

जनकपुरधाम चैत्र २२ गते धनुषा जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित गणेशमान चारनाथ नगरपालिकाले नवीकरणीय ऊर्जा उपयोगमा

Spread the word
Read More