काठमाडौँ माघ ४ गते । बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गर्नुभएको छ ।
लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले पूर्व र्गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने, एअरवेजको लण्डन काठमाडौ सिधा हवाई उडान हुनुपर्ने, जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् र जलवायु परिवर्तनका कारण नेपालले जुन क्षेती व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने कुरा राखे ।
बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदुत बिपिन दुवाडी पनि हुनुहुन्थ्यो । यसैगरी बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदिय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटघाट गर्नुभएको छ ।
भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता बिषयमा कुराकानी भयो ।
बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग भेटघाट गर्नुभएको छ ।
कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा गिन्नेलाई भेट्नुभएको हो । भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको छ ।कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गर्नुभयो ।


