अध्यादेश ल्याउनु सरकारको निरंकुशताको प्रतीक

Share on Social Media

काठमाडौँमा ४ गते ।
सरकारले संसदबाट ल्याउनुपर्ने अवस्थामा अध्यादेश ल्याउनु गलत रहेको कुरा विपक्षी दलका नेताहरुले बताएका छन्। काठमाडौँको बानेश्वर संसद भवनमा एक पत्रकार सम्मेलन गरी शुक्रबार विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेश ल्याउनु सरकारको निरंकुशताको प्रतीक रहेको बताए । लोकतन्त्रमा संसद हुँदाहुँदै पनि र संसद बोलाउन सक्ने स्थिति रहँदारहँदै पनि यस प्रकार अध्यादेश ल्याएर जनताको मतलाई लत्याउनु हो भन्ने आरोप प्रचण्डले लगाए ।
सो पत्रकार सम्मेलनमा अन्य विपक्षी दलका नेताहरू समेतको उपस्थिति रहेको थियो। पत्रकारहरूको जिज्ञासामा यस प्रकार रहिरह्यो भने त्यसको कडा प्रतिवाद गर्ने कुरा प्रचण्डले बताए ।
साथै  उनले संसदमा विचाराधीन रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु भू माफियाहरूलाई फाइदा पुर्‍याउनु हो। यसप्रकार सरकारको भूमाफियाहरूसँग को गठबन्धन रहेको आरोप पनि लगाए।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल विपक्षमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *