युवा र विद्यार्थी द्वारा शहिदगेटको सरसफाई

Share on Social Media

जनकपुरधाम, माघ ४ गते। जनता समाजवादी पार्टी नेपाल निकट भातृसंगठन समाजवादी विद्यार्थी युनियन, नेपाल तथा समाजवादी युवा संघ, नेपालको संयुक्त आयोजनामा शहिदगेटमा शहिदहरुको शालिकहरुको बृहत सरसफाई गरेका छन्।

उक्त सरसफाइ कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ का अध्यक्ष पुण्यप्रसाद यादवको बिशेष पहल तथा सहयोगमा त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी र पानी ट्यंकी र बारुण यन्त्रको बिशेष सहयोगमा बृहत सरसफाई गरेका छन्।विद्यार्थी जिल्ला अध्यक्ष रामभगत यादवको नेतृत्वमा जनकपुरधाम-१४ स्थित मुजेलिया भएको कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्यद्व्य लालकिशोर साह, जितेन्द्र यादव, विद्यार्थी बलिराम कापरी, रामकुमार साह, किशन यादव, रोहित यादव र धिरु यादव सहित पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, युवा र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो।साथै, भोलि अर्थात माघ ५ गते जनकपुरधाम-१४ मुजेलियामा शहिदगेटमा शहिदहरुको शालिकमा माल्यार्पण र जनकपुरधामको रमेश चौकमा साझ ४:०० बजे दिपप्रज्वलन गरि श्रद्धाञ्जली सभा मनाउने विद्यार्थी जिल्ला यादवले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *