समाजले गरेको महिला सशक्तिकरण कार्यको मण्डलले गरे सराहना

Share on Social Media
Oplus_131072

जनकपुरधाम माघ १६ गते ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले महिला जागरण समाजको कार्यालयमा आई समाजद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरूको बारे जानकारी लिनुभयो।
उहाँले समाजले महिलाहरूको हकहितका लागि महत्त्वपूर्ण काम गर्दै आएको भन्दै भविष्यमा पनि अर्को सशक्तिकरण र जीवकोपार्जनका लागि निरन्तर कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यो अवसरमा प्रमुख मण्डलले जानकी महिला जागरण समाजले महिलाहरूको हकहितका लागि गर्ने प्रत्येक कार्यक्रममा आफ्नो सहभागिता र सहकार्य रहने समेत बताउनुभयो। साथै समाजको उन्नति र प्रगतिका लागि पनि काम गर्नु भयो ।
त्यस अवसरमा समन्वय समिति धनुषाका उपप्रमुख संगीता ठाकुरसमेतको उपस्थिति रहेको थियो। ठाकुरले महिला सशक्तिकरणका लागि समाजले गरेको कार्यको सराहना समेत गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *