हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित १० दरको हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसिसी पुरुष विश्वकप र …
नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित १० दरको हुलाक टिकट

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित १० दरको हुलाक टिकट प्रकाशन गरेको छ।
नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसिसी पुरुष विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers