लुम्बिनी — लुम्बिनी विकास कोषमा सदस्य–सचिवको पद खाली भएसँगै वरिष्ठ निर्देशक ज्ञानीन राईले बुधबारदेखि कामु सदस्य–सचिवको जिम्मेवारी सम्हालेका छन्। पाँच वर्षे कार्यकाल सकिएपछि पद रिक्त कोषका तत्कालीन सदस्य–सचिव सानुराजा शाक्यको पाँच वर्षे कार्यकाल असोज २१ गते समाप्त भएपछि पद रिक्त भएको थियो। त्यही रिक्त पदमा विनियमअनुसार वरिष्ठतम अधिकृतलाई कामु जिम्मेवारी दिने व्यवस्था कार्यान्वयन गर्दै राईलाई …
लुम्बिनी विकास कोषमा नयाँ कामु सदस्य–सचिव : ज्ञानीन राईले जिम्मेवारी सम्हाले

लुम्बिनी — लुम्बिनी विकास कोषमा सदस्य–सचिवको पद खाली भएसँगै वरिष्ठ निर्देशक ज्ञानीन राईले बुधबारदेखि कामु सदस्य–सचिवको जिम्मेवारी सम्हालेका छन्।
पाँच वर्षे कार्यकाल सकिएपछि पद रिक्त
कोषका तत्कालीन सदस्य–सचिव सानुराजा शाक्यको पाँच वर्षे कार्यकाल असोज २१ गते समाप्त भएपछि पद रिक्त भएको थियो। त्यही रिक्त पदमा विनियमअनुसार वरिष्ठतम अधिकृतलाई कामु जिम्मेवारी दिने व्यवस्था कार्यान्वयन गर्दै राईलाई जिम्मा दिइएको हो।
कानुनी प्रावधानअनुसार नियुक्ति
लुम्बिनी विकास कोष पदाधिकारी विनियमावली, २०५८ को विनियम २९(५) अनुसार, सदस्य–सचिव अनुपस्थित भए वा पद खाली भएको अवस्थामा वरिष्ठ अधिकृतले कार्यवाहकका रूपमा जिम्मेवारी वहन गर्नसक्ने व्यवस्था छ। सूचना अधिकृत राजन बस्नेतका अनुसार यही आधारमा राईलाई कामु सदस्य–सचिव तोकिएको हो।
यसअघि २०७६ मंसिरमा बोर्ड बैठकले सो प्रावधानलाई संशोधन गर्न पठाएको थियो। २०७६ पुसमा संस्कृति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट संशोधन भइसकेपछि २०७६ माघमा पनि राई करिब आठ महिनासम्म कामु सदस्य–सचिव भएर काम गरिसकेका थिए।

स्वागत र शुभकामना
कामु सदस्य–सचिवको हैसियतमा बुधबारदेखि कार्यालयमा प्रवेश गरेका राईलाई लुम्बिनी विकास कोष कर्मचारी युनियनले विशेष स्वागत कार्यक्रमसमेत गरेको छ। युनियन अध्यक्ष अब्दुल ओफाले राईलाई टीका लगाएर स्वागत गर्दै, ‘राई परिणाममुखी काम गर्ने क्षमता भएका अधिकारी हुन्, उहाँलाई कामु सदस्य–सचिव बनाउने निर्णयप्रति कसैको विरोध छैन,’ भने।
भविष्यप्रति अपेक्षा
राई लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत र १० औं तहका निर्देशक समेत हुन्। कर्मचारी युनियनले पनि उनको नेतृत्वमा कोषले थप पारदर्शी, प्रभावकारी र लुम्बिनी क्षेत्रको विकासमुखी कार्यक्रम अघि बढाउने अपेक्षा व्यक्त गरेको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers