युनियनको ३४औं स्थापना दिवसमा बिरगंजको नारायणी अस्पतालमा फलफुल वितरण

बीरगञ्ज, जेठ १८ गते । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा बिरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरिएको छ। नेपाल प्रेस युनियन पर्साको आयोजनामा सम्पन्न उक्त सामाजिक उत्तरदायित्वमूलक कार्यक्रममा अस्पतालका विभिन्न वार्डमा भर्ना भएका दुई सयभन्दा बढी बिरामीहरूलाई फलफुल प्रदान गरिएको हो। कार्यक्रमका क्रममा प्रसूति, मेडिसिन, आइसियु, सिसियु, पोष्टअप तथा सर्जिकल वार्डमा पुगेर …

Share on Social Media

बीरगञ्ज, जेठ १८ गते ।

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा बिरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरिएको छ। नेपाल प्रेस युनियन पर्साको आयोजनामा सम्पन्न उक्त सामाजिक उत्तरदायित्वमूलक कार्यक्रममा अस्पतालका विभिन्न वार्डमा भर्ना भएका दुई सयभन्दा बढी बिरामीहरूलाई फलफुल प्रदान गरिएको हो।

कार्यक्रमका क्रममा प्रसूति, मेडिसिन, आइसियु, सिसियु, पोष्टअप तथा सर्जिकल वार्डमा पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिइएको थियो। कार्यक्रमको नेतृत्व गर्दै बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले बिरामीहरूको गुनासो सुन्दै तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत दिए।

फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। यस्तै, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदनारायण सिंह लगायतको उपस्थिति रहेको उपमेयरका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।

स्थापना दिवसको अवसरमा पत्रकार संगठनले स्वास्थ्य संस्थामा गएर बिरामीसँग प्रत्यक्ष संवाद गर्दै फलफुल वितरण गर्नु सकारात्मक अभ्यास भएको सहभागीहरूले बताएका छन्।

Daily Report

Daily Report

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *