घुस डिलिंगमा सांसद श्रेष्ठको संलग्नता

Share on Social Media

काठमाडौँ , साउन ७ गते ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको हो ।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो

घूस प्रकरणमा मुछिएपछि गुप्ताले ३१ असारमा मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । अख्तियारमा भने तीन साताअघि नै उजुरी परेको थियो । यस प्रकरणमा अहिले विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।Advertisement

पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ । ‘केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका थियौं । त्यहाँ सक्कली भएको पुष्टि भयो,’ अख्तियारका एक अधिकारीले भने, ‘अडियो दोहोरो परीक्षण गर्न आज (मंगलबार) गुप्ता र लामाको आवाज रेकर्ड गराएका हौं ।’ पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइने ती अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *