भृकुटीमण्डपमा १७औँ नाडा अटो शो आज सम्पन्न

काठमाडौं, भदौ ८ गते । देशकै सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनी ‘नाडा अटो शो–२०२५’ आज आइतबार भृकुटीमण्डपमा अन्त्य भएको छ। छ दिनसम्म चलेको यो प्रदर्शनीले यस वर्ष अभूतपूर्व आकर्षण पाएको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार शनिबारसम्म मात्र १ लाख ४९ हजारभन्दा बढी अवलोकनकर्ताले अटो शो अवलोकन गरेका छन्। त्यसमध्ये शनिबार एकै दिन ४५ …

Share on Social Media

काठमाडौं, भदौ ८ गते ।

देशकै सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनी ‘नाडा अटो शो–२०२५’ आज आइतबार भृकुटीमण्डपमा अन्त्य भएको छ।

छ दिनसम्म चलेको यो प्रदर्शनीले यस वर्ष अभूतपूर्व आकर्षण पाएको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार शनिबारसम्म मात्र १ लाख ४९ हजारभन्दा बढी अवलोकनकर्ताले अटो शो अवलोकन गरेका छन्। त्यसमध्ये शनिबार एकै दिन ४५ हजार मानिस प्रवेश गरेका थिए, जुन अघिल्ला संस्करणको तुलनामा सबैभन्दा बढी हो।

प्रमुख आकर्षण

यस पटकको अटो शोमा सवारीसाधन मात्र नभई नवीनतम प्रविधिहरूले पनि दर्शक तानेका छन्।

  • युनिट्री रोबोटिक डगअत्याधुनिक चारपांग्रे रोबोट्स दर्शकको केन्द्रबिन्दु बने।
  • दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) प्रदर्शनमा राखिएको थियो, जसले नेपाली बजारमा भविष्यका सम्भावनाबारे उत्सुकता जगाएको छ।
  • टायर, ब्याट्री, लुब्रिकेन्टदेखि अत्याधुनिक चारपांग्रे गाडीहरू समेत एकै छानामुनि उपलब्ध भएका कारण आगन्तुकहरूको भीड बाक्लो भएको आयोजकले जनाएको छ।

छुट र बुकिङको चहलपहल

आगामी चाडपर्वलाई लक्षित गर्दै प्रायः कम्पनीहरूले विभिन्न छुट अफर सार्वजनिक गरेका छन्। नयाँ मोडेलका गाडी तथा मोटरसाइकल बुकिङमा उल्लेख्य वृद्धि भएको संयोजक अनुपकुमार बरालले जानकारी दिए। उनका अनुसार यस वर्ष अटो शोमा आएको भीडले बजारमा सवारीसाधन खरिदप्रतिको रुचि अझै बलियो देखाएको छ।

अटो शोमा गाडी–मोटरसाइकल कम्पनीसँगै बैंक, बीमा कम्पनी र वित्तीय संस्थाहरूको पनि सहभागिता रहेको छ। यसले खरिदकर्तालाई आवश्यक वित्तीय सुविधा र जानकारी तत्काल प्राप्त गर्न सजिलो भएको

“हामीले अपेक्षा गरेभन्दा धेरै आगन्तुक आएका छन्,” संयोजक बरालले भने, “यस वर्ष अटो शोले नेपाली बजारमा नयाँ उत्साह थपेको छ।”


BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *