एसएसबीले ब्राउन सुगर सहित ६ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ

ललित झा जयनगर, ०९ फेब्रुअरी – ४८औँ वाहिनी, सशस्त्र सीमा बल (एसएसबी), जयनगरले सीमा क्षेत्रमा भइरहेको तस्करी तथा अवैध गतिविधिहरूविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत, एक ठूलो कारबाही गर्दै एसएसबीले ब्राउन सुगर, प्रतिबन्धित औषधी, नगद, सवारी साधन तथा अन्य प्रतिबन्धित सामग्री बरामद गरेको छ भने ६ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ। […]

‘दिल्ली चुनावमा विकास र सुशासनले जीतेको छ’- मोदी

ललित झा नयाँ दिल्ली, माघ २७ गते – भारतीय जनता पार्टी (भाजपा) ले दिल्ली विधानसभाको चुनावमा २७ वर्षपछि ऐतिहासिक जित हासिल गरेको छ। यो जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीका जनतालाई आभार व्यक्त गर्दै समृद्ध दिल्ली र विकसित भारत निर्माणको प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् भने, “जनशक्ति सर्वोपरि! विकास जीतेको छ, सुशासन जीतेको […]

गुरुकुलका बटुकहरूबाट बोलीवचन न्युज पोर्टलको शुभारम्भ

राजेश कुमार कर्णजनकपुरधाम माघ २६ गते ।आज बोलीवचन डट कम नामक एउटा न्युज पोर्टलको शुभारम्भ हामीले फरक ढंगबाट गरेका छौं ।हामी यसको भव्य र औपचारिक सुरुवात गरेका छैनौँ तर हामीले सनातनी परम्परालाई अनुसरण गरेका छौं र नेपालकै सबैभन्दा पुरानो विद्यालय अर्थात् सबैभन्दा पुरानो गुरुकुल महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका बटुकहरुद्वारा […]

जसपा नेपालः अध्यादेश प्रतिवेदनको अध्ययन जारी

जनकपुर माघ २४ गते । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका सचिवालयले भनेअनुसार, राष्ट्रपतिद्वारा जारी अध्यादेशको अध्ययन प्रक्रिया अहिले पनि चलिरहेको छ।राष्ट्रिय सभामा अध्यादेश पारित गराउन केन्द्र र प्रदेश सरकारबीच हिस्सेदारीको बारेमा छलफल भइरहँदा, जसपा नेपालको स्वकीय सचिव महेश चौरसियाले विज्ञप्ति मार्फत प्रष्टीकरण दिएका थिए।कार्यदलले बिहीबार उपेन्द्र यादवलाई राय सुझावसहित प्रतिवेदन बुझाएको जानकारी छ। उक्त प्रतिवेदन […]

महोत्तरीमा पत्रकारको गाडी तोडफोड, महासंघद्वारा घटनाको निन्दा

महोत्तरी,माघ २४ गते । पत्रकार संतोष सिंहको गाडी अज्ञात समूहले तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।गए राति महोत्तरीको गौशाला नगरपालिका १३ स्थित आफ्नै घरको आगनमा पार्किङ गरिराखेको सिंहको गाडी अज्ञात समूहले तोडफोड गरेको हो । तोडफोडबाट गाडीको अगाडिको सिसा पूर्ण रुपमा क्षति पुगेको छ ।पत्रकार सिंहले महासंघलाई जानकारी गराएअनुसार घटना […]

विद्युतीय चुलोको ज्योति: एक उज्यालो भविष्यतर्फको पाइला

राजेश कुमार कर्णजनकपुरधाम, माघ २१ गते ।धनुषाको चारनाथ नगरपालिकाको वीरेन्द्र बजारमा एउटा फरक खालको दृश्य थियो। शुक्रबारको हटिया बजारको चहलपहल स्वाभाविक थियो। तर एउटा कौतूहल पनि थियो। मानिसहरू उत्सुक थिए, कारण थियो— विद्युतीय चुलो प्रदर्शन कार्यक्रम। गत शुक्रबार यो प्रदर्शन कार्यक्रम गरिएको थियो । क्लिन कुकिङ अलायन्सद्वारा सञ्चालित परियोजना अन्तर्गतका सस्टेनेबल प्रस्परिटी इनिसिएटिभ नेपालको नेतृत्वमा […]

संसदीय मामिला पत्रकार समाजमा रमण

जनकपुरधाम माघ २३ गते । संसदीय मामिला पत्रकार समाज जनकपुरधामको पुनर्गठन गरिएको छ। नयाँ कार्यसमितिमा वीरेन्द्र रमण अध्यक्ष, हदिश खुद्दार उपाध्यक्ष, विकास साह सचिव, लक्ष्मी चौधरी कोषाध्यक्ष र कमलेश ठाकुर सहसचिव चयन भएका छन्। सदस्यहरूमा राजा झा, चाँदनी झा, माला राय, सञ्जय साह, नवीन सिंह र सञ्जय यादव रहेका छन्।यसअघि संसदीय मामिला पत्रकार समाज र […]

मटिहानी नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा शिविरको शुभारम्भ

मटिहानी माघ २३ गते ।जनताको घरदैलोमै सेवा पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ।आज माघ २३ गते एक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा शिविरको उद्घाटन गर्नुभयो।पालिकाका ९ वटै वडाहरुमा क्रमशः सञ्चालन हुने शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना […]

मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दै

काठमाडौं, १७ माघ । मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले जानकारी दिए ।आजको बैठकमा मधेशका मुद्दाहरुमा साझा धारणा बनाउने, सहकार्यका क्षेत्रहरु पहिचान गर्ने र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । मधेश […]

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन विधेयकको स्वागत

जनकपुरधाम माघ १७ गते । महिला, कानुन र विकास मञ्च (FWLD) ले विगत २९ वर्षदेखि महिला तथा बालबालिकाको मानव अधिकारको क्षेत्रमा वकालत तथा पैरवी गर्दै आइरहेको छ, जसमध्ये कानुनी पहिचान तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी विषयवस्तुमा समेत विभिन्न कार्यक्रमहरू आयोजना गरिरहनुका साथै नागरिकताबाट वञ्चित व्यक्तिहरूलाई निःशुल्क कानुनी सेवा पनि प्रदान गर्दै आइरहेको संस्था हो ।नेपालको […]