मटिहानी नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा शिविरको शुभारम्भ

Share on Social Media

मटिहानी माघ २३ गते ।जनताको घरदैलोमै सेवा पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ।
आज माघ २३ गते एक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा शिविरको उद्घाटन गर्नुभयो।
पालिकाका ९ वटै वडाहरुमा क्रमशः सञ्चालन हुने शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु, स्वास्थ्य बिमा प्रदान गरिने छ।
नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका ससस्त्र प्रहरीका प्रहरी उपरीक्षक विनोद केसी, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुदीप अधिकारी, उप-प्रमुख मंजू देवी साह, वडा नं. १,२,३ र ९ का वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, सम्पूर्ण शाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, वडा सचिवहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *