महोत्तरीमा पत्रकारको गाडी तोडफोड, महासंघद्वारा घटनाको निन्दा

Share on Social Media


महोत्तरी,माघ २४ गते । पत्रकार संतोष सिंहको गाडी अज्ञात समूहले तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
गए राति महोत्तरीको गौशाला नगरपालिका १३ स्थित आफ्नै घरको आगनमा पार्किङ गरिराखेको सिंहको गाडी अज्ञात समूहले तोडफोड गरेको हो । तोडफोडबाट गाडीको अगाडिको सिसा पूर्ण रुपमा क्षति पुगेको छ ।
पत्रकार सिंहले महासंघलाई जानकारी गराएअनुसार घटना राति करिब १२ बजेतिर भएको हो । उनले आफ्नो घरको कम्पाउन्डभित्र पार्किङ गरेको अवस्थामा गाडी तोडफोड भएको बताए । तोडफोड कसले र किन गरेको हो भन्ने खुल्न सकेको छैन ।
नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा विरोध गरेको छ । महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै, महासंघले पत्रकारिता पेशालाई सम्मान गर्दै पत्रकारलाई निर्भयताका साथ पेशामा लाग्ने वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *