जनकपुरधाममा ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु


जनकपुरधाम, माघ २६ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ आजदेखि जनकपुरधामस्थित मैथिली भवनमा सुरु भएको छ। प्रदर्शनीमा राजर्षी जनक विश्वविद्यालय, मधेस प्रज्ञा प्रतिष्ठान र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्य रहेको छ।
कार्यक्रमको उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ ले गर्नुभयो। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली कार्यक्रमका विशेष अतिथि थिए। कार्यक्रमको संयोजन प्रज्ञा–प्रतिष्ठान शिल्प–हस्तकला विभाग प्रमुख एवं मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङ ले गर्नु भएको थियो।


उक्त कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षी जनक विश्वविद्यालयका अध्ययन–अनुसन्धान निर्देशक आर.के. साह, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडी, साहित्यकार रमेश रन्जन झा र रोशन जनकपुरी विशेष उपस्थित थिए। कार्यक्रम सन्चालन कोषका सदस्य एवं साहित्यकार नित्यानन्द मण्डल ले गर्नुभएको थियो।
प्रदर्शनीमा मैथिली विकास कोषका सदस्य कुमार भास्कर, रुबि पाठक सहित प्रदेशका कलाकार, राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी र पत्रकारको सहभागिता रहेको थियो।
प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ र यसले मधेस प्रदेशका कलाकार तथा ललितकला प्रेमीहरूलाई आफ्ना सिर्जना प्रदर्शित गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *