Welcome to बोलीवचन   Click to listen highlighted text! Welcome to बोलीवचन

भारतको इतिहासमा पहिलोपटक मृत्यु इच्छाको अनुमति

भारतको इतिहासमा पहिलो पटक Supreme Court of India ले इच्छामृत्यु (प्यासिभ युथेनेशिया) अनुमति दिएको छ। अदालतले १३ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणाको जीवनरक्षक उपकरण हटाउन अनुमति दिएको हो।
न्यायाधीश J. B. Pardiwala र K. V. Viswanathan सम्मिलित इजलासले उक्त निर्णय सुनाउँदै यस्ता संवेदनशील अवस्थामा बिरामीको गरिमा र सम्मानलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ।


अदालतले साथै भारत सरकारलाई प्यासिभ युथेनेशिया सम्बन्धी स्पष्ट र व्यापक कानुन बनाउन विचार गर्न पनि सुझाव दिएको छ। यसले भविष्यमा यस्ता घटनामा कानुनी स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
साथै अदालतले All India Institute of Medical Sciences (AIIMS), नयाँ दिल्लीलाई जीवनरक्षक उपकरण हटाउने प्रक्रियाका लागि विशेष कार्ययोजना तयार गर्न निर्देशन दिएको छ, ताकि सम्पूर्ण प्रक्रियामा बिरामीको सम्मान र गरिमा सुरक्षित रहोस्।
जानकारी अनुसार सन् २०१३ को अगस्टमा Chandigarh मा रहेको एक भवनको चौथो तलाबाट खसेपछि हरीश राणा गम्भीर घाइते भएका थिए। त्यसयता उनी निरन्तर जीवनरक्षक उपकरणको सहारामा थिए।
हरीश राणाका पिता अशोक राणाले सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै अदालतले दिएको मानवीय निर्देशनका लागि आभार व्यक्त गरेका छन्। उनका अनुसार यो निर्णय परिवारका लागि निकै संवेदनशील र महत्वपूर्ण रहेको बताएका छन्।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Click to listen highlighted text!