Popular Posts

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग्दै सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरबारे नेपाल दूरसञ्चार प्राधिकरणसँग जानकारी मागेका छन् ।

टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको गुनासो निरन्तर आइरहेको भन्दै मन्त्री तिमिल्सिनाले प्राधिकरणका पदाधिकारीसँग सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारबारे जानकारी लिएका हुन् ।

उनले दूरसञ्चार सेवाको गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न प्राधिकरणलाई निर्देशनसमेत दिएका छन् ।

सञ्चार सचिव राजेन्द्रकुमार पौडेल, प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायत मन्त्रालय तथा प्राधिकरणका पदाधिकारीसँगको छलफलमा मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर खस्किँदै गएको उपभोक्ताको बुझाइ रहेको बताए ।

काठमाडौं उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको उनको भनाइ थियो ।

नागरिकले अपेक्षा गरेअनुसार भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउन नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्ने मन्त्री तिमिल्सिनाले बताए ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *